रामेछाप –काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान

Written by meropradesh creator

२८ चैत्र २०७७, शनिबार

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रक्तदान तथा नयाँ वर्षको क्यालेण्डर बितरण गरेको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाए । उनले विकास, पूर्वाधार काम गर्ने भन्दा पनि ओली सरकार बजेट र तयारीबिनै शिलान्यास गर्दै हिँडेको बताए । रिजालले कांग्रेस नेता तथा कार्यकर्ता एकजुट भए मात्र पार्टी बलियो र सांगठानिक रूपमा सशक्त हुने बताए ।
कार्यक्रममा रामेछाप कांग्रेस पार्टी सभापति लवश्री न्यौपाने, पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्रकुमार मोक्तान लगायत जिल्ला कार्यसमितिदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथै सम्पर्क समितिका पदाधिकारीहरू तथा भातृसंस्थाका पदाधिकारीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । म्याकडोनल क्याफे मध्येबारनेश्वरमा शनिबार नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एक सय ८ प्रिन्ट रगत संकलन भएको सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको सभापति श्रेष्ठले बताए । सो क्रममा कार्यक्रम उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सम्पर्क समितिले गरेको कार्य सराहनीय रहेको बताए ।
कार्यक्रममा रक्तदाताहरूलाई प्रशंसापत्र तथा क्यालेण्डर र अन्य सहभागी सबैलाई नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले निकालेको नयाँ वर्ष २०७८ सालको क्यालेण्डर बितरण गरिएको समितिका सचिव सुकदेव खड्काले जानकारी दिए । सम्पर्क समितिले लकडाउनको अवसरका जिल्लाभर स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै अन्य विभिन्न सामाजिक कार्यकमा सक्रियता देखाउँदे आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...