रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दीले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ। यस क्रममा १२ जना बढी कैदीबन्दी घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, कैदीबन्दीले भित्री ताला फोडेर मुख्य गेटसम्म पुग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउनुपरेको थियो। हाल ३०० भन्दा बढी कैदीबन्दी रहेको कारागारमा अहिले स्थिति नियन्त्रणमा छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।









