रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दीले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जना कैदीबन्दीको मुत्यु भएको छ । जेनजी आन्दोलनको मौका छोपी कैदीबन्दीले भाग्ने प्रयास गरेपछि सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । सो घटनामा १३ जना जना कैदीबन्दी घाइते भएका छन् । गोली लागी गम्भिर घाइते भएका दुई जना कैदीबन्दीको रामेछाप अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पुष्टि गरेका छन् ।
कैदीबन्दीले कारागारको भित्री ताला फोडेर मुख्य गेटसम्म पुग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । हाल ३३४ जना कैदीबन्दी रहेको कारागारमा अहिले स्थिति नियन्त्रणमा छ र सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । घाइतेहरुको रामेछाप अस्तालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि समाचारमा अन्यथा भएकोले सच्याइएको









