मन्थली- जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ । २६ गते जेन्जी आन्दोलनको आडमा कारागारबाट भाग्न खोजेपछि सेनाले चलाएको गोली लागी गम्भिर घाइते भएका ४० बर्षिय मनोज महत्तोको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
विभिन्न मुद्दामा कैद भुक्तान गरीरहेका ३ सय बढी कैदीबन्दी कारागारमा आगजनी गरी भाग्न खोजेपछि सेनाले गोली चलाएको थियो । सोही गोली लागेर गम्भिर घाइते भएका मानव बेचबिखन मुद्दाका कैदीबन्दी महतोलाई रामेछापमा सामान्य उपचारपछि धुलिखेल रिफर गरिएको थियो । तर शनिबार उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) भोला प्रसाद भट्टले बताए । यो सँगै कारागारमा गोली लागेर मृत्यु हुने कैदीबन्दीको संख्या तीन पुगेको छ । गोली लागेका २ जनाको रामेछाप अस्पताल पुर्याउन साथ मृत घोषणा गरिएको थियो । भने, ६ जनालाई थप उपचारको लागि धुलिखेल रेफर गरिएकोमा १ जनाको आज ज्यान गएको डियसपी भट्टले बताए ।









