रामेछाप काँग्रेसमा सहमती जुटेन ः निर्वाचन मिति सार्न माग

Written by meropradesh creator

१६ मंसिर २०८०, शनिबार

रामेछाप । नेपाली काँग्रेस रामेछाप महासमिति सदस्य चयनको विषयमा विशेष छलफलमा जुटेको छ । मंसिर ९ गते बसेको जिल्ला कार्यसमितिको बैठकले सहमतीको लागी नेपाली काँग्रेसका नि वर्तमान जिल्ला सभापती लबश्री न्यौपानेको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको थियो ।

न्यौपानेको नेतृत्वमा काँग्रेस नेता कृष्ण महत, जिल्ला कार्यसमिति सदस्य चिना खड्का (कार्की) क्षेत्रीय सभापतिहरू निरोज खड्का (१) र राजेश कुमार श्रेष्ठ (२) सदस्य रहने गरी समिति गठन गरेको थियो । बैठकले मंसिर १७ गते सम्म सहमती गर्ने जिम्मा समितिलाई दिएको थियो । समितिले बोलाएको बिभिन्न बैठकमा सहमती जुट्न सकेको छैन् । बैठकमा केहि नेताहरुले सहमती गरेर पार्टिलाई एक ढिक्का बनाउने सवालमा आफु सहमतीको पक्षमा रहेको बताएका छन् । केहि नेताले भने आफु सहमती भए पनी निर्वाचनमा गए पनी पछी नहट्ने भन्दै निर्वाचन गराउन लागी परेका छन् ।

काँग्रेस रामेछापका पुर्व पार्टी सभापती रामचन्द्र खड्काले सहमतिका लागी सबैलाई आग्रह गरेका छन् । नेता खड्काले सहमती बाट पार्टीलाई मजबुद बनाउन सकिने भन्दै सहमती हुने भए आफ्नो नाम नराखे पनि मिलेर जाने धारणा राखेका छन् । नेता खड्काले पार्टी भित्र एकले अर्काको आरोप प्रत्यारोप गर्ने स्थिति आएको भन्दै सहमती हुने भए आफु बाधक नहुने भन्दै आफ्नो नाम हटाउदा सहमती जुटे आफु आफ्नो नाम प्रतिस्पर्धा बाट हटाउन तयार रहेको बताए ।

नेता अर्जुन केसीले पनि आफु सहमतीको पक्षमा रहेको बताएका छन् । अहिले सहमती गर्ने सहमती पछी फेरी कसैलाई पेल्ने र ठेल्ने हो भने सहमती हुन्न । यदि सहकार्य र सहमती बाट पार्टी सञ्चालन गर्ने भए आफु सहमतीको पक्षमा रहेको बताए । सधैको लागी गुटको अन्य गरेर लैजाने हो भने आफु सहमतीको लागी तयारहेको र आफु बाहिर बसेर अन्य साथिलाई समेत सहयोग गर्न तयार रहेको बताए ।

नेता धुब्रहरि ढुङ्गेलले भने आफूले पार्टीमा ४ दशक बढी बिताएको भन्दै महासमिति सदस्यको लागि बलियो दाबेदार रहेको धारणा राखे । उनले अहिलेको नेतृत्वले पनि ती कुरालाई बुझ्नु जरुरी रहेको उल्लेख गर्दै नेता ढुङ्गेलले आफू कुनै पनि हालतमा सदस्यमा पर्नु पर्ने त्यसको लागि निर्वाचन वा सहमति दुवैका लागी तयार रहेको बताए ।

काठमाण्डौमा बसेको बैठकमा २७ जना महाधिवेशन प्रतिनिधी मध्ये पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको २१ जना उपस्थित भएका थिए

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...