रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद चरम उत्सर्गमा पुगेको छ । एउटै कार्यक्रम काँग्रेस नेता तथा काराकर्ताले छुट्टा छुट्टै स्थानमा गर्न सुरु गरेका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रम समेत रामेछाप काँग्रेसले दुई स्थानमा गरेको छ । विवाद मिलाउन भन्दा झन् विवाद चर्काउन तिर नेताहरू लागिपरेको शनिवार काँग्रेसले आयोजना गरेको ४१ औँ वि पी स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा देखिएको छ । एक पक्षका नेताले अर्का पक्षका नेताहरूको विषयमा चर्को स्वरमा गाली गर्न नेताहरू पछिल्लो समय झनै लागी परेका छन् ।
शनिवार ४१ औँ वि पी स्मृति दिवसको अवसरमा काँग्रेसका दुई समूहका नेताहरूले छुट्टा छुट्टै कार्यक्रम गरेको छ । जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामको नेतृत्वमा रामेछाप नगरपालिका वडा नम्बर ८ बाबिया खर्कमा बृक्षरोपन भयो । सभापतिको नेतृत्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखक ,केन्द्रीय सदस्य यज्ञराज जोशी, नि वर्तमान सभापति लबश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की, सचिव दीपक खड्का, माहाधिबेशन प्रतिनिधि रत्न कार्की, रत्नहरि ढुङ्गेल, प्रदेश क र ख का सभापतिहरू क्रमशः निरोज खड्का, राजेश कुमार श्रेष्ठ लगायत नेताहरू सहभागी भएका छन् ।
उता पूर्व पार्टी सभापति रामचन्द्र खड्काको नेतृत्वमा सुनापती गाउँपालिका वडा नम्बर १ गुन्सीमा बृक्षरोपन कार्यक्रम सम्पन्न भयो । पूर्व सभापति खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश समिति सदस्य तथा महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी, बागमती प्रदेश सदस्य भीमसेन बस्नेत, जिल्ला उप सभापति नवराज थोकार, जिल्ला सचिव विनोद कार्की,माहाधिबेशन प्रतिनिधिहरू क्रमशः भरत चौलागाई, झापडराज भण्डारी,युवराज भट्टराई,नर बहादुर थापामगर , मिना कार्की, विनीता खड्का, रामकुमारी डागीं, फुर्वध्वज तामाङ, नेताहरू झापडराज भण्डारी, नारायण बहादुर खड्का, बेदराज लामा लगायत सहभागी भएका थिए ।
पार्टी सभापति कान्छारामको नेतृत्वमा भएको कार्यक्रममा बोल्ने जिल्लाका अधिकांश नेताहरूले खड्का नेतृत्वको समूहले पार्टीको नीति र विधि भन्दा बाहिर आफू मनलाग्दी कार्य गरेको भन्दै खड्का समूहको चर्को आलोचना गरे । उक्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लेखकले काँग्रेसमा सिद्धान्त प्रति कसैको असहमति नभएको बत्ताउँदै लेखकले पार्टी सञ्चालनका क्रियाकलाप र विधिमा काँग्रेसमा केही समस्याहरू र नेता कार्यकर्ताको विमति रहेको उनले ल्याए । केही दिन देखि चलिरहेको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले ल्याएको प्रतिवेदन माथि छलफल भइरहेको र त्यसले पार्टीलाई अरू सशक्त बनाएर अघि बढाउन सहयोग पुग्नेमा आफू आशावादी रहेको लेखकले उल्लेख गरे ।
काँग्रेस सङ्घ देखि स्थानीय तह सम्म सबैभन्दा ठुलो र जिम्मेवार पार्टी भएकाले त्यसलाई तल झर्न भन्दा पनि अझ माथि लैजानका लागि जनप्रतिनिधिहरूले प्रभावकारी काम गर्नुपर्ने बताए । पार्टी र जनप्रतिनिधिका बिच समन्वयमा काम गर्ने र फेरी पनि पार्टीलाई बलियो बनाएर आउने निर्वाचनमा थप बलका साथ जित्ने बनाउनका लागि वडा देखि माथिल्लो तह सम्मको पदमा रहेकाले क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशीले काँग्रेसमा विधि नीति र सिद्धान्तको समस्या नभएको भन्दै आन्तरिक केही समस्याहरू समाधानका लागि पार्टी केन्द्रीय समितिमा छलफल जारी रहेको उल्लेख गरे । रामेछाप नगरपालिकाका प्रमुख एवं निवर्तमान जिल्ला सभापति लबश्री न्यौपानेले पार्टीमा विमति भए पार्टी भित्रै बसेर सङ्घर्ष गर्नुपर्ने तर बेग्लै हैसियत खोज्नेहरू बढारिने बताए । ‘जो मेन स्टिममा अटाउँदैन उ सकिन्छ’ न्यौपानेले भने – पार्टी क्लब होइन , पार्टीको स्वीकृति भन्दा बाहिर गएर कुरा गर्ने ,भाषण गर्ने हो भने क्लब खोल्न सकिन्छ । त्यस्तै गरी कार्यक्रमका सभापति तथा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको आधिकारिक कार्यक्रम भन्दा बाहिर गएर कार्यक्रम गर्नु विना भिसामा विदेश भ्रमण गर्नु जस्तै भएको संज्ञा दिए ।
उक्त पूर्व पार्टी सभापति रामचन्द्र खड्का नेतृत्वको समूहले सुनापती गाउँपालिका १ गुन्सीमा सम्पन्न गरेको बृक्षरोपन कार्यक्रममा भने केन्द्रका कुनै नेताहरू सहभागी भएका थिएनन् । कार्यक्रममा पूर्व उपसभापति रामचन्द्र खड्काले पार्टी सभापतिले पार्टीको नीति तथा विधानलाई लात हानेर एकलौटी ढङ्गले सञ्चालन गरेको बताए । खड्काले भने–शासन राणाले पनि चलाएका थिए । पञ्चायतको पालामामा पनि चलाएका थिए । आज पार्टी सभापतिले राणा शासन र पञ्चायतको पालामा नवराज सुबेदीले चलाएको भन्दा बढी शासन लादेर अघि बढाएको बताए । त्यस्तै गरी पार्टीमा विवाद आयो मिलाएर अघि बढुन् भनेर सुझब दिँदा आफूले चुनाव जितेर सभापति भएको र आफ्नो तरिकाले पार्टी चलाउँछु दाइ भने । त्यस पछि स्थानीय तहको निर्वाचन आयो स्थानीय तहको निर्वाचनमा पनि टिकट दिँदा धेरै विषयमा सम्झाउन कोसिस भयो त्यसमा पनि चुनाव मैले जितेको हो मलाई कसैले खाली हातले भोट हालेको छैन भन्दै पार्टीलाई मिलाएर सञ्चालन गर्न भन्दा आफ्नो तरिकाले टिकट वितरण भयो भन्दै सभापति विरुद्ध खड्काले आक्रोश पोखे । त्यस्तै गरी अझै पनि सुध्रिएर पार्टी सञ्चालन गर्न सभापतिले चाहेको भए ४ वटा गल्ती सुधार्न पर्ने बताए । यदि सभापतिले एकलौटी ढङ्गबाट नवविसंको सभापति नियुक्ति,आफू सँग नजिकिएको भन्दै नारायण बोगटीलाई प्रवक्ता बाट हटाएको र सो पुनः जिम्मेवारी दिनु पर्ने,उपसभापति नवराज थोकरलाई दिने प्रशिक्षण प्रमुखको जिम्मेवारी दिने र गुन्सीमा खसेको मतको प्रतिशत मत खसाउँदा समेत अन्र्तघात गरेको र चुनाव हराउन लागी परेको भन्दै कार्वहिको सिफारिस गरेको छ उक्त निर्णय सच्याए तत्काल वार्ता बसेर समस्या समाधान गर्न सकिने बताएका छन् ।
त्यस्तै गरी बागमती प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसीले सभापतिले एकल कम्पनी झैँ पार्टी सञ्चालन गरेको भन्दै सभापतिले आफ्ना गल्ती र कम्जोरीहरु करेक्सन गरेर आउनु पर्ने बताए । साथै बिपी बिचार बोक्छु बिपी बिचारमा हिँड्छु भन्दै काँग्रेस सभापति बन्नु भएको छ । एक पटक बिपीको फोटो अघि राखेर बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त अनुसार पार्टी अघि बढाउँछु भनेर प्रतिबद्धता गर्नुस् आउनुस् छलफल गरौँ । मिलेर अघि बढौँ । नत्र भोली तपाई पनि सडकमा काँग्रेस पनि सडकमा पुग्ला ख्याल गर्नुस् नेता केसीले भने । त्यस्तै गरी प्रदेश सदस्य भीमसेन बस्नेत उपसभापति नवराज थोकर लगायत बोल्ने नेताहरूले पार्टी कुनै व्यक्तिले पाएको दाइजो नभएको भन्दै सके पार्टी मिलाएर चलाउनुस् नत्र राजीनामा दिनुस् भन्दै राजीनामा समेत माग गरे ।