रामेछाप । राजधानी काठमाण्डौं लगाएत अन्य जिल्ला बाट रामेछाप प्रबेश गर्ने सबै नाका बन्द भएको छ । तिन दिन देखी आएको अबिरल वर्षाले चौतर्फी सडक र पुलहरु बगाउदा रामेछाप प्रर्बेश गर्ने नाँका पुर्ण रुपमा बन्द भएको हो । काठमाण्डौं लगाएत सिन्धुली बाट प्रबेश गर्ने खुरर्कोट पुल सुनकोशी नदिले बगाएको छ । साथै संगै रहेको झोलुङ्गे पुल समेत बगाएको छ । मन्थली नगरपालिका १३ फुलासी जोडने दोलखा तर्फ पक्की सडक बगाएको छ त्यस्तै गरी दोलखाको बिभिन्न स्थानमा सडक र पुलहरु बगाएको छ । काभ्रेको रोशी गाउँपालिका नजिक बिपि राजमार्ग अन्र्तगत चैकी डाँडामा लगभग ५० मिटर सडक लगेको छ । जसका कारण सवारी साधन आवत जावतमा समस्या आएको छ । किर्ने हाइटोपावरको नजिक पुरै सडक समेत तामाकोशीले लगेको छ ।
रामेछाप सिन्धुलीखैरेनी पुल
रदोलखाको किर्ने हाइड्रोपावर
बिपि राजमार्ग अन्र्तगत नेपालथोक मुलकोट सडक खण्ड
बिपि राजमार्ग अन्र्तगत नेपालथोक मुलकोट सडक खण्ड