रामेछाप जिल्लाको गोकुलगंगामा निःशुल्क आँखा शिविरमा ३ सयले पाए उपचार

Written by meropradesh creator

१४ मंसिर २०७७, आईतवार

मंसिर १४ मन्थली
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेको गर्ज्याङ र शिवालयमा भएको दुई दिने आँखा शिविरमा ३ सय नागरिकले सेवा पाएका छन् । स्थानिय कुसुम सामुदायिक सेवा समितिको आयोजनामा भएको उक्त शिविरमा आँखाका समस्या भएका विरामीहरुले निःशुल्क सेवा पाएका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगाको चुचुरेमा अस्पताल नहुँदा त्यस भेगका नागरिकहरु सामान्य विरामी पर्दा समेत उपचार लिन जिल्ला सदरमुकाम मन्थली धाउन वाध्य छन् ।


दुर्गम गाउँमा अस्पतालको अभावमा उपचार नपाएर बसेका आँखाका विरामीहरुले गाउँमै निःशुल्क रुपमा शिविर संचालन भएपछि चिकित्सकसँग परार्मश लिन आउनेको भिड लागेको थियो । गाउँमा अस्पताल नहुँदा आँखाको समस्या झेल्दै आएको लामो समयपछि गाउँमै स्वास्थ्य शिविर संचालन भएपछि आँखाको उपचार लिन आएको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका विक्रम कार्कीले बताए ।
उनले भने– आँखा दुख्ने,आँशु झर्ने र टाउँको दुख्ने रोगले विगत ३ वर्षदेखी सताएको थियो । गाउँमा अस्पताल छैन् । उपचार लिन जानु पर्दा धेरै खर्च हुने भएकाले आफुसँग रकम अभावका कारण उपचार नै नगरी त्यतीकै घरमा बस्दै आएको थिए । आज अकस्मात गाउँमै शिविर बस्ने खबर सुनेर उपचारको लागि शिविरमा आएर उपचार साथै औषधी समेत निःशुल्क पाउँदा धेरै खुशि लागेको कार्कीले जानकारी दिए ।
चुचुरेमा संचालन भएको दुई दिने आँखा शिविरमा आएका विरामीहरुको जाँच त्रिपुरेश्वर आँखा अस्पतालका चिकित्सक मङ्गेस राईले गरेका थिए । आँखा जाँचको क्रममा धेरै विरामीहरुको आँखा फुलो परेको र केही विरामीहरुको मोतिया विन्दुको अप्रेशन गर्नुपर्ने भेटिएको चिकित्सक राईले जानकारी दिए । उनले भने– मोतिया विन्दु भएका विरामीहरुको अप्रेसनको लागि केही समयपछि व्यवस्थापन मिलाउने छौं ।
जिल्लाको उत्तरी क्षेत्र चुचुरेका नागरिकहरुले स्वास्थ्य क्षेत्रमा समस्या झेल्दै आएको भन्दै स्थानिय कुसुम खड्काको अध्यक्षतामा कुसुम सामुदायिक सेवा समिति २०६७ सालमा स्थापना गरि सोही संस्था मार्फत २५ वेड क्षमताको कुसुम सामुदायिक अस्पताल खोल्ने गरि स्वास्थ्य मन्त्रालय मार्फत स्वीकृत समेत प्राप्त भएको छ ।
अस्पताल संचालनको लागि कुसुम सामुदायिक सेवा समितिको नाममा गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेमा २ रोपनी जग्गा समेत खरिद गरिएको छ । उक्त जग्गाले अस्पताल निमार्णमा अपुग हुने देखिएपछि थप जग्गाको खोजी भइरहेको संस्थाका अध्यक्ष कुसुम खड्काले जानकारी दिइन । उनले भनिन्– अस्पताल संचालनको लागि २५ वेड क्षमताको स्वास्थ्य मन्त्रालयवाट स्वीकृत प्राप्त भइसकेकाले अस्पतालको भवन निमार्णको लागि आवश्यक वजेटको लागि दातृ निकायहरुसँग सहकार्य भइरहेको अध्यक्ष खड्काले बताइन ।
यस संस्थाको शाखा काठमाण्डौंमा समेत रहेको छ । संस्था मार्फत २०७२ सालको विनासकारी भुकम्पमा परि घाइते भएका र ज्यान गुमाएका नागरिकहरुलाई विभिन्न सहयोग संचालन गर्दै आएको छ । संस्थाले यसवाहेक अपाङ्ग, महिला, जेष्ठ नागरिक, सडक पेटीमा भेटिएका वालवालीका र गर्भवती महिलाहरुलाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणवाट वच्न नागरिकहरुलाई माक्स, ग्लोवस, सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएको छ । यस कार्यमा काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं–९ कपनका मधु कार्की र लक्ष्मण कार्कीले सहयोग गर्दै आएका छन् ।
स्थानिय गाउँपालिकासँग सहकार्य गरेर दुर्गम गाउँ चुचुरेमा राखिएको २ दिने आँखा शिविरले स्थानिय नागरिकहरुले सहज रुपमा सेवा पाएकोमा खुशी लागेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडग वहादुर सुुनुवारले जानकारी दिए । उनले भने– संस्थाले निःशुल्क रुपमा गरिएको यस्ता शिविर आगामी वर्ष पनि संचालन गर्नुपर्ने र यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण गाउँपालिकाले प्रदेश सरकारवाट प्राप्त रकमवाट भर्खरै ५ वेड क्षमताको अस्पताल संञ्चालन ल्याएको छ । उक्त अस्पतालमा अन्य विरामीहरुको उपचार भएता पनि आँखा सम्वन्धी विरामीको भने उपचार हुन सकेको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...