रामेछाप जिल्ला समन्वय प्रमुखमा प्यानल सहित कार्की निर्वाचित

Written by meropradesh creator

२९ जेष्ठ २०७९, आईतवार

रामेछाप । जिल्ला समन्वय समिती रामेछापको सभापतीमा कांग्रेस नेत्री चिना खड्का (कार्की) प्यानल सहित निर्वाचित भएकी छिन् । कांग्रेस नेत्री कार्की र नेकपा एमालेका उम्मेदवार तुलाप्रसाद कंडेल बिच चुनावी प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धा बाट कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बाट उम्मेद्वारी दिएकी कांग्रेस नेत्री कार्की बिजय भएकी हुन ।

कार्कीले ९ मत ल्याएर बिजय भइन भने कडेलले ६ मत मात्र पाए । त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका नेता प्रेम बहादुर थापा १०, सदस्यहरुमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बाबुलाल योन्जन, अनिता माझी , बिरबहादुर कार्की, र माओवादी केन्द्र बाट उम्मेद्वारी दिएका हिराकुमारी गिरी,डम्बर कुमारी रसाईली, बिन्दा सार्की, बिक्रम थापामगर बिजय भएका छन् । समन्वय प्रमुख भन्दा अन्य पदमा सबै उम्मेदवार हरुको १०÷१० मत रहेको छ । समन्वय प्रमुखम कार्कीलाई भने ९ मत मात्र परेको छ । नेकपा एमालेका उम्मेद्वारहरुको भने ६ ÷६ मत मात्र रेको छ ।

स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३ प्रमुख सहित ४ उपप्रमुख गरी ७ सिटमा जित हात पारेको थियो । नेकपा एमालेले पनी ३ प्रमुख सहित ३ उपप्रमुख गरी ६ सिट जितेको थियो । माओबादी केन्द्रले २ प्रमुख सहित १ उपप्रमुखमा जित हात पारेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...