रामेछाप जिल्ला फुटवल लिग–२०७८ मन्थलीमा हुदै

Written by meropradesh creator

२१ मंसिर २०७८, मंगलवार

रामेछाप । रामेछाप जिल्ला फुटवल लिग–२०७८ रामेछापमा पहिलो पटक हुनलागेको छ । रामेछाप जिल्ला फुटबल संघ रामेछापले पत्रकार सम्मेलन गरी पहिलो पटक जिल्लामा फुटवल लिग गर्न लागेको जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि २५ गतेसम्म मन्थलीको हाटेचौर र कुनौरी खेलमैदानमा जिल्ला फुटबल लिग २०७८ को आयोजना गरिने जिल्ला फुटबल संघ रामेछापले जनाएको हो । खेलमा १२ वटा समुह सहभागि हुने र उक्त खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिडले गर्ने कार्यक्रम रहेको खेल संयोजक बासुदेव फुयालले जानकरी गराएका छन् ।
प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश १ लाख एक सय एघार, ७५ हजार एक सय एघार, ५० हजार एक सय एघार र २० हजार एक सय एघार रुपैयाँ नगद, सिल्ड र मेडल प्रदान गरिने पनि आयोजकले बताएको छ ।
उक्त प्रतियोगितामा प्रथम द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमश नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गरेका छन् । पहिलो खेलमा समुह ए तर्फ ग्रामिण सेवा युवा परिषद, दिपशिखा ब्वाइज युनाइटेड मन्थली र सानीमदौ शोसियल सिटी युवा क्लब खेल्ने छ । समुह वि तर्फ न्यू स्टार युवा क्लब मन्थली, खिम्ती प्याराडाइज युथ क्लब, र जागरुक युवा क्लब रामेछाप खेल्ने छ त्यस्तै गरी समुह सि बाट फुटबल क्लब भूजी, युनाइटेड रस्नालु युवा क्लब, मन्थली साँस्कृतिक समाज खेल्ने छ भने समुह डि मा, शान्तिदिप युवा क्लब मन्थली, चण्डेश्वरी युवा क्लब र लिखुभूजी क्लब रामेछाप खेल्ने भएको छ ।
पत्रकार सम्मेलन गरी वितरण गरिएको टाइसिट अनुसार प्रतियोगिताको पहिलो खेल ग्रामिण सेवा युवा परिषद विरुद्ध दिपशिखा ब्वाइज युनाइटेड खेल्ने छ । खेल अबधीभर खेलाडीहरुको बिमा समेत गरीएको आयोजकले जनाएको छ । खेल मैदान भन्दा बाहिर भने बिमा लागु नहुने समेत आयोजकले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...