रामेछाप जिल्ला फुटवल लिग–२०७८ मन्थलीमा हुदै

Written by meropradesh creator

२१ मंसिर २०७८, मंगलवार

रामेछाप । रामेछाप जिल्ला फुटवल लिग–२०७८ रामेछापमा पहिलो पटक हुनलागेको छ । रामेछाप जिल्ला फुटबल संघ रामेछापले पत्रकार सम्मेलन गरी पहिलो पटक जिल्लामा फुटवल लिग गर्न लागेको जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि २५ गतेसम्म मन्थलीको हाटेचौर र कुनौरी खेलमैदानमा जिल्ला फुटबल लिग २०७८ को आयोजना गरिने जिल्ला फुटबल संघ रामेछापले जनाएको हो । खेलमा १२ वटा समुह सहभागि हुने र उक्त खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिडले गर्ने कार्यक्रम रहेको खेल संयोजक बासुदेव फुयालले जानकरी गराएका छन् ।
प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश १ लाख एक सय एघार, ७५ हजार एक सय एघार, ५० हजार एक सय एघार र २० हजार एक सय एघार रुपैयाँ नगद, सिल्ड र मेडल प्रदान गरिने पनि आयोजकले बताएको छ ।
उक्त प्रतियोगितामा प्रथम द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमश नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गरेका छन् । पहिलो खेलमा समुह ए तर्फ ग्रामिण सेवा युवा परिषद, दिपशिखा ब्वाइज युनाइटेड मन्थली र सानीमदौ शोसियल सिटी युवा क्लब खेल्ने छ । समुह वि तर्फ न्यू स्टार युवा क्लब मन्थली, खिम्ती प्याराडाइज युथ क्लब, र जागरुक युवा क्लब रामेछाप खेल्ने छ त्यस्तै गरी समुह सि बाट फुटबल क्लब भूजी, युनाइटेड रस्नालु युवा क्लब, मन्थली साँस्कृतिक समाज खेल्ने छ भने समुह डि मा, शान्तिदिप युवा क्लब मन्थली, चण्डेश्वरी युवा क्लब र लिखुभूजी क्लब रामेछाप खेल्ने भएको छ ।
पत्रकार सम्मेलन गरी वितरण गरिएको टाइसिट अनुसार प्रतियोगिताको पहिलो खेल ग्रामिण सेवा युवा परिषद विरुद्ध दिपशिखा ब्वाइज युनाइटेड खेल्ने छ । खेल अबधीभर खेलाडीहरुको बिमा समेत गरीएको आयोजकले जनाएको छ । खेल मैदान भन्दा बाहिर भने बिमा लागु नहुने समेत आयोजकले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...