रामेछाप । गैर–सरकारी संस्था महासंघ रामेछापको अध्यक्षमा रत्न प्रसाद कडेल निर्बिरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको १० औं साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनले निर्बिरोध कडेललाई अध्यक्षमा चयन गरेको हो । कडेलको नेतृत्वमा १३ सदस्यि जिल्ला कार्यसमिती समेत शनिवार सर्वम्मित चयन गरिसकेको छ ।
नव निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष, सविचब, सहसचिब र कोषाध्यक्षमा र सह सचिबमा क्रमश: बलराम लामा, गम्भीर बि क, लक्ष्मी श्रेष्ठ र सुकराम घिसिङ रहनुभएको छ भने सदस्यहरुमा सुमन बोहोरा, तिलक बहादुर कार्की, मोहन सुनुवार, प्रमिला सुवेदी, भिमकुमार श्रेष्ठ, बिन्दा कोइराला, पुरुषोत्तम बुढाथोकी र अनिता कार्की रहनु भएको छ ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्ष ध्रुव देव , महासचिव अर्जुन भट्टराई, उपमहासचिव राजेन्द्र शर्मा लगाएको सहभागिता रहेको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...