रामेछाप एमालेलाई पहिलो गाँसमै लाग्यो ढुङ्गा

Written by meropradesh creator

२९ आश्विन २०७९, शनिबार

रामेछाप । नेकपा एमाले रामेछापलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । सत्ता गठवन्धनका बलिया उमेदवार पूर्णवहादुर तामाङ ( कान्छाराम ) संग प्रतिस्पर्धा गर्न तम्सिएको रामेछाप एमालेका उमेदावार कैलाश प्रसाद ढुंगेललाई पहिलो गाँसमै ढुङ्गा परेको छ ।

एमालेले निर्वाचन परिचालन र प्रचार प्रचार प्रसारको क्रममा लिखु तामाकोशी गाउँपालिकाको धोविमा शुक्रबार आयोजना गरेको पहिलो कार्यक्रममानै स्थानीयले उपस्थिति नजनाएपछि ढुङ्गेल लगाएतका एमाले कार्यकर्ता तिल्मिलाएका छन् । धोविमा उमेदवार सगैं गएका एमाले जिल्ला र पालिका स्तरका नेताहरु बाहेक औंलामा गन्न सक्ने स्थानीय कार्यकर्ताहरुको मात्र उपस्थिति रहेको थियो ।

देशमा बहुदलिय व्यवस्था आएपछि २०४८ साल देखि लगातार संसदीय निर्वाचनमा उम्मेदवार वनेका कैलाश ढुङगेलले अरु योग्य नेताहरुलाई अवसर नदिएर आफै मात्र पद हत्याउन उद्धत रहेको भन्दै एमाले भित्र तिव्र असन्तुष्टि छ । एमालेका नेता माधव ढुंगेल, रत्न गौतम जस्ता नेताहरुले उनी बाँचुन्जेल सम्म अवसर नपाउने भन्दै एमालेका कार्यकर्ताहरु गुनासो गर्दै हिडेका छन् । प्रदेश निर्वाचनमा उमेदवार भएका शान्तिप्रसाद पौडेलले समेत गएको ५ बर्षमा सिन्को नभाँचेको भन्दै गुनासो गर्ने गरेका छन् ।

पहिलो दिनको कार्यक्रममानै आशा गरेको जस्तो जनसमूहको उपस्थिति नदेखेपछि एमाले नेताहरु न्याउरी मुख लगाएर शनिबार रस्नालु आईपुगेका छन् । एमालेको आधार इलाका भनेको रस्नालुमा गएको स्थानीय निर्वाचनमा एमालेलाई झड्का लागेको थियो । आउदो चुनावमा रस्नालुबाट एमालेले स्थानीय चुनावको भन्दा पनि थोरै मत ल्याउने आंकलन गरीदैछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...