रामेछाप । जिल्ला अस्पताल रामेछापले उपचार सेवा थप गरेको छ । नयाँ वर्ष २०८१ साल बाट बच्चाहरूको थप उपचार सेवाको आरम्भ गरेको हो । अस्पतालमा उपचारका लागि सबै खालको श्रोत साधन र चिकित्सकहरूको समेत व्यवस्थापन भएसँगै वाल बालिका हरूका लागि उपचार सेवा आरम्भ गरेको हो ।
उक्त सेवा अन्तर्गत रामेछाप जिल्ला अस्पतालमा नियमित रूपमा ओपिडी,इमर्जेन्सी र एसएनसियु सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी दिए ।
उक्त सेवाका लागि डाक्टर नारायण यादवबाट नियमित रूपमा ओपिडी,इमर्जेन्सी र एसएनसियु सेवा सञ्चालन भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले बताए । डाक्टर यादव सँग चितवन मेडिकल कलेजमा रहेर लामो समय सम्म बाल रोग विभागमा बसेर काम गरी सकेको अनुभव रहेको जानकारी दिए ।
डाक्टर यादवबाट बच्चाहरूको हरेक किसिमको उपचार अब रामेछाप अस्पतालबाटै नवजात शिशुहरूको लागि नवजात शिशुहरूको विभिन्न रोगको उपचार यही अस्पतालबाट हुने भएकाले आफ्ना बालबच्चालाई उपचारका लागी जिल्ला अस्पतालमा ल्याउन पनि डा श्रेष्ठले आग्रह गरे ।