राम बहादुर माझी उत्थान सङ्घ मन्थलीको अध्यक्षमा चयन

Written by meropradesh creator

१० भाद्र २०८०, आईतवार

रामेछाप । मन्थलीको आकाशेमा सम्पन्न नेपाल माझी उत्थान सङ्घ मन्थलीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । प्रथम नगर अधिवेशन रामबहादुर माझीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिवार मन्थलीमा  भएको अधिवेशनले रामबहादुर माझीको अध्यक्षतामा १५ सदस्य नगर कार्यसमिति  सर्व सहमतिमा गठन गरेको हो ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा अमृता माझी (भटौली), उपाध्यक्षमा गणेशबहादुर माझी (जखनीटार) चयन भएका छन् भने सचिवमा मनीषा माझी (कुनौरी), सह–सचिवमा तेजबहादुर माझी (करम बोट), कोषाध्यक्षको जिम्मेवारी लेखबहादुर माझी ( सेलेघाट) ले  पाएका छन् ।
त्यसैसरि सदस्यहरूमा  उर्व माझी (मसानटार), लालुमाया माझी (हात्तिटार), गोपाल माझी (मुगिटार), महेन्द्र माझी (भटौली), मखौरे माझी (वडारे), डम्बरबहादुर माझी (गाईखुरा) र गणेश माझी (नपुघाट) लाई  चयन गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले  दिनु भयो । सो अवसरमा केन्द्रीय सचिव गोपाल माझी लगायत जिल्ला कार्य समितिका पदाधिकारी र नगर वडा कमिटीका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको अवसर पारेर नगरपालिकाले नेपाल माझी उत्थान सङ्घलाई २७ सेट वाद्य सामग्री समेत हस्तान्तरण गरेको छ । उक्त सामाग्री मध्ये नवुघाट २ सेट, सेलेघाट २ सेट, मसान्टार १ सेट, हात्तीटार २ सेट, कुनौरी २ सेट, मन्थली ३ सेट, करमबोट १ सेट, चिसापानी ३ सेट, गाइखुरा २ सेट, ओढारे २ सेट, मुगिटार २ सेट, भटौली ‘ए’ १ सेट र भटौली ‘बि’ लाई २ सेट वितरण गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछापका अध्यक्ष हरि माझीले जानकारी दिए । २७ सेट मध्ये २६ सेट वितरण भएको र बाँकी १ सेट माझी उत्थान सङ्घले स्टकमा राखेको अध्यक्ष माझीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...