राम बहादुर माझी उत्थान सङ्घ मन्थलीको अध्यक्षमा चयन

Written by meropradesh creator

१० भाद्र २०८०, आईतवार

रामेछाप । मन्थलीको आकाशेमा सम्पन्न नेपाल माझी उत्थान सङ्घ मन्थलीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । प्रथम नगर अधिवेशन रामबहादुर माझीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिवार मन्थलीमा  भएको अधिवेशनले रामबहादुर माझीको अध्यक्षतामा १५ सदस्य नगर कार्यसमिति  सर्व सहमतिमा गठन गरेको हो ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा अमृता माझी (भटौली), उपाध्यक्षमा गणेशबहादुर माझी (जखनीटार) चयन भएका छन् भने सचिवमा मनीषा माझी (कुनौरी), सह–सचिवमा तेजबहादुर माझी (करम बोट), कोषाध्यक्षको जिम्मेवारी लेखबहादुर माझी ( सेलेघाट) ले  पाएका छन् ।
त्यसैसरि सदस्यहरूमा  उर्व माझी (मसानटार), लालुमाया माझी (हात्तिटार), गोपाल माझी (मुगिटार), महेन्द्र माझी (भटौली), मखौरे माझी (वडारे), डम्बरबहादुर माझी (गाईखुरा) र गणेश माझी (नपुघाट) लाई  चयन गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले  दिनु भयो । सो अवसरमा केन्द्रीय सचिव गोपाल माझी लगायत जिल्ला कार्य समितिका पदाधिकारी र नगर वडा कमिटीका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको अवसर पारेर नगरपालिकाले नेपाल माझी उत्थान सङ्घलाई २७ सेट वाद्य सामग्री समेत हस्तान्तरण गरेको छ । उक्त सामाग्री मध्ये नवुघाट २ सेट, सेलेघाट २ सेट, मसान्टार १ सेट, हात्तीटार २ सेट, कुनौरी २ सेट, मन्थली ३ सेट, करमबोट १ सेट, चिसापानी ३ सेट, गाइखुरा २ सेट, ओढारे २ सेट, मुगिटार २ सेट, भटौली ‘ए’ १ सेट र भटौली ‘बि’ लाई २ सेट वितरण गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछापका अध्यक्ष हरि माझीले जानकारी दिए । २७ सेट मध्ये २६ सेट वितरण भएको र बाँकी १ सेट माझी उत्थान सङ्घले स्टकमा राखेको अध्यक्ष माझीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...