रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण हुदै छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे वास स्थान भए पनी सबै खेतिपाती सुनकोशी नदि वारी भएपछी कोथपेका नागरिकहरुले ठुलो समस्या झेल्दै आएका थिए । करिव सात करोड ५० लाख रुपियाँ लागतमा सङ्घीय सरकारको सहयोगमा उक्त पुलको निर्माण सुरु गरिएको हो ।
कोथपेमा पुल नहुदा काठको परम्परागत डुङ्गा, ¥याफ्टिङ र गाडीको ट्यूवबाट कोथपेको नागरीकहरु नदि तर्न बाध्य थियो । कोथपेमा रहेको माझी समुदायको खेतीपाती नदि तरेर आउनु पर्ने हुदा धेरै समस्या रहेको थियो । बिद्यालय समेत नभएको कारण ५ कक्षा भन्दा माथी अध्यन गर्ने बिद्यार्थीहरु गाडीको ट्यूवबाट नदि तर्न बाध्य भएका थिए । जिल्लामा अहिलेसम्मको सबैभन्दा लामो बन्ने झोलुङ्गे पुल निर्माणपछि कोथपेका माझी समुदायले जोखिम मोलेर कोसी वारपार गर्नुपर्ने बाध्यता हट्ने छ । आफुहरुलाई कोसी वारपार गर्न जोखिमता भएको भन्दै माझी समुदायले विगत धेरै बर्ष अघिदेखीझोलुङ्ग पुल निर्माण गर्न माग गर्दै आएका थिए । उक्त स्थानमा पुल नहुँदा ढुंगा दुर्घटना हुँदा नागरिकको ज्यान समेत गुमाएका थिए ।