रामेछाप । नेपाली कांग्रेस खाँडादेबी गाउँपालिका–१ राकाथुमले राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस राकाथुम र राकाथुम काठमाण्डौं सम्पर्क समितीले सयुक्त रुपमा राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस राकाथुम र राकाथुम काठमाण्डौं सम्पर्क समितीले वेड ३ वटा, अक्सिजन सहितको अक्सिजन सिलिण्डर ३ वटा लगाएत अन्य स्वास्थ्य समाग्री हस्तान्तरण गरेको तरुण नेता सजल घिसिङ्गले जानकारी दिए । स्वास्थ्य समाग्री संकलन गर्न नेपाली कांग्रेसका महासमिती सदस्य बिर बहादुर तमाङ्ग र क्षेत्रीय सदस्य बिष्णु कुमार घिसिङ्गले बिषेश सहयोग गरेको भन्दै इकाइ सभापती एक बहादुर श्रेष्ठले धन्यवात ज्ञापन समेत गरे ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...