राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

Written by meropradesh creator

२७ फाल्गुन २०७७, बिहीबार

रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको बताएका छन् । राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको भन्दै यसले गरेका कर्महरुले समाजलाई सकरात्मक दिसामा लैजान महत्मपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
उहाँले रामेछापमा मात्र नभएर सेवा केन्द्रले मुलुकभर संस्थागत रुपमा खेलेको भूमिकाको प्रशंसा पनि गर्नु भयो । पछिल्लो समयमा मानिसहरुमा अंहबादी चरित्र झाँगिएको र नयाँ पुस्तामा समेत त्यसको प्रत्यक्ष असर पर्दे गएकोले त्यसलाई सहि मार्गमा ल्याउन पनि राजयोग सेवा केन्द्रको अभियानमा सबैलाई साथ दिन आग्रह गर्नु भयो ।


केन्द्रको प्रमुख विष्णु दीदीको अध्यक्षतामा भएको प्रवचन कार्यक्रममा राजयोग सेवा केन्द्रका अगुवा एवं प्रशिक्षक भरत कुमार श्रेष्ठले केन्द्रमा नियमित रुपमा गरिने ध्यान योग र प्रवचन बाट प्रभावित भएर राजयोग सेवा केन्द्रमा सत्संगका लागि नियमित रुपमा आउने भक्तजनहरु उल्लेख्य रुपमा बृद्धि भएकोले त्यसबाट आफुहरु उत्साहित भएको बताउनु भयो । उहाँले राजयोग सेवा संगको सत्संगले मानिसहरुमा सकारात्मक तरिकाले जीवन जिउने आधारशिला खडा हुनुका साथै नियमित आहार विहारको शिक्षा समेत दिने भएकोले पनि यसको महत्व बढेको बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिलानाथ पौडेल रामेछाप नगरपालीका वडा नं १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठ लगायतका बक्ताहरुले राजयोग सेवा केन्द्रले नियमित रुपमा गर्नै गराउने ब्यवहारलाई सबैले ब्यवहारमा ढाल्न सके पनि समाजमा मर्यादित र अनुशासित मानिसको संख्यामा बृद्धि हुने धारणा राख्नु भयो । सो अबसरमा निर्माणाधिन भबन निर्माणका लागि स्थानिय समाजसेवी तथा मन्थली नगरपालीका वडा नं १ का अध्यक्ष नारायण दास श्रेष्ठले सहयोग स्वरुप ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...