राज्यमन्त्री पदबाट कान्छारामलाई बर्खास्त गरेको विषय थाहा छैन – काँग्रेस नेता सिटौला

रामेछाप । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ला ई  ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पदबाट किन बर्खास्त गरियो आफूलाई जानकारी नभएको बताउनु भएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा कार्यकर्ता भेटघाटको क्रममा पार्टी भित्र यस विषयमा कुनै छलफल नभएकोले आफू केही बोल्न नमिल्ने बताउनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवा त्यस समयमा नेपाल बाहिर भएको कारण प्रधानमन्त्रीले बर्खास्त गरेको हो या पार्टीले फिर्ता बोलाएको आफूलाई कुनै पनि जानकारी नभएको र पार्टी भित्र आधिकारिक कुनैपनी प्रकारको छलफल नभएको कारण आफू केही नबोल्दा ठिक हुने नेता सिटौलाले बताउनु भयो । जे कारण मन्त्री पद बाट हटाएको भए पनि पार्टीले यस विषयमा आवश्यक छलफल गरेर समाधान गर्ने बताउनु भयो ।

साथै कार्यकर्ताहरू सँग भेटघाटका क्रममा नेता सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनु भएको छ । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने बताउनु भएको हो । क्रियाशील नटुङ्ग्याएर नयाँ सदस्यता वितरण गर्दा भोलीका दिन समस्या हुने भएकाले त्यस कार्यमा ध्यान दिन कार्यकर्ताहरूलाई आग्रह समेत गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएकाले प्रमुख राजनीतिक शक्ति एमाले सँग वर्तमान सरकार बनाउन गठबन्धन गरेको उल्लेख गर्दै नेता सिटौलाले काँग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने बताउनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...