राज्यमन्त्री पदबाट कान्छारामलाई बर्खास्त गरेको विषय थाहा छैन – काँग्रेस नेता सिटौला

रामेछाप । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ला ई  ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पदबाट किन बर्खास्त गरियो आफूलाई जानकारी नभएको बताउनु भएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा कार्यकर्ता भेटघाटको क्रममा पार्टी भित्र यस विषयमा कुनै छलफल नभएकोले आफू केही बोल्न नमिल्ने बताउनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवा त्यस समयमा नेपाल बाहिर भएको कारण प्रधानमन्त्रीले बर्खास्त गरेको हो या पार्टीले फिर्ता बोलाएको आफूलाई कुनै पनि जानकारी नभएको र पार्टी भित्र आधिकारिक कुनैपनी प्रकारको छलफल नभएको कारण आफू केही नबोल्दा ठिक हुने नेता सिटौलाले बताउनु भयो । जे कारण मन्त्री पद बाट हटाएको भए पनि पार्टीले यस विषयमा आवश्यक छलफल गरेर समाधान गर्ने बताउनु भयो ।

साथै कार्यकर्ताहरू सँग भेटघाटका क्रममा नेता सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनु भएको छ । पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने बताउनु भएको हो । क्रियाशील नटुङ्ग्याएर नयाँ सदस्यता वितरण गर्दा भोलीका दिन समस्या हुने भएकाले त्यस कार्यमा ध्यान दिन कार्यकर्ताहरूलाई आग्रह समेत गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएकाले प्रमुख राजनीतिक शक्ति एमाले सँग वर्तमान सरकार बनाउन गठबन्धन गरेको उल्लेख गर्दै नेता सिटौलाले काँग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने बताउनु भयो । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...