राजस्व छली गर्ने कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

Written by meropradesh creator

१३ चैत्र २०७७, शुक्रबार

रामेछाप । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विभिन्न पाँचवटा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले राजस्व ठगी गर्ने पाँचवटै कम्पनीका सञ्चालक र बैंक खाता सञ्चालक विरुद्ध जरिवाना र कैद माग दाबी सहित शुक्रबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।
विभागले पर्सामा रहेको ओम श्रीराम इन्टरप्राइजेज, सिरहामा रहेका एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेज, पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि र उदयपुरमा रहेको एनआईसी ट्रेडर्सविरुद्ध राजस्व ठगीमा मुद्दा दर्ता गरेको जनाएको छ ।
विभागका अनुसार पर्सामा रहेको श्रीराम इन्टरप्राइजेजका प्रोपाइटर वीरेनद्र राम चमारले २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ राजस्व ठगी गरेको खुलेको छ । त्यस्तै, सिरहामा रहेको एभरेष्ट नेपाल ट्रेड कन्सर्नका प्रोपाइटर महेश हजाराले १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेजका प्रोपाइटर दुर्गेशकुमार झा र उक्त फर्मका बैंक खाता सञ्चालक नसिब कुमार झाले १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ,पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक सुरेश सहनी मलाह र उक्त कम्पनीको बैंक खाता सञ्चालक राम प्रसाद महतोले ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ तथा उदयपुरमा रहेको एनआईसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्की र उक्त कम्पनीको बैंक खाता सञ्चालक समेतले ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ राजस्व ठगी गरेका छन् ।
सबै अभियुक्तविरुद्ध राजस्व ठगीबराबरकै बिगो रकम भराउन मागदाबी गरिएको छ । उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कैद सजाय समेत मागदाबी गरिएको विभागले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...