राजस्व छली गर्ने कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

Written by meropradesh creator

१३ चैत्र २०७७, शुक्रबार

रामेछाप । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विभिन्न पाँचवटा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले राजस्व ठगी गर्ने पाँचवटै कम्पनीका सञ्चालक र बैंक खाता सञ्चालक विरुद्ध जरिवाना र कैद माग दाबी सहित शुक्रबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।
विभागले पर्सामा रहेको ओम श्रीराम इन्टरप्राइजेज, सिरहामा रहेका एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेज, पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि र उदयपुरमा रहेको एनआईसी ट्रेडर्सविरुद्ध राजस्व ठगीमा मुद्दा दर्ता गरेको जनाएको छ ।
विभागका अनुसार पर्सामा रहेको श्रीराम इन्टरप्राइजेजका प्रोपाइटर वीरेनद्र राम चमारले २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ राजस्व ठगी गरेको खुलेको छ । त्यस्तै, सिरहामा रहेको एभरेष्ट नेपाल ट्रेड कन्सर्नका प्रोपाइटर महेश हजाराले १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेजका प्रोपाइटर दुर्गेशकुमार झा र उक्त फर्मका बैंक खाता सञ्चालक नसिब कुमार झाले १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ,पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक सुरेश सहनी मलाह र उक्त कम्पनीको बैंक खाता सञ्चालक राम प्रसाद महतोले ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ तथा उदयपुरमा रहेको एनआईसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्की र उक्त कम्पनीको बैंक खाता सञ्चालक समेतले ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ राजस्व ठगी गरेका छन् ।
सबै अभियुक्तविरुद्ध राजस्व ठगीबराबरकै बिगो रकम भराउन मागदाबी गरिएको छ । उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कैद सजाय समेत मागदाबी गरिएको विभागले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...