राजधानी क्षेत्रको रोक्का जग्गा ५ वर्षपछि फुकुवा, स्थानीयवासी खुसी

लुम्बिनी – राजधानी व्यवस्थापनका लागि रोक्का गरिएको राजधानी क्षेत्रको जग्गा प्रदेश सरकारले ५ वर्षपछि फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०७७ असोज १६ गते सरकारले जग्गा कित्ताकाट गर्दा मनोमानी खण्डीकरण हुन सक्ने र राजधानीको व्यवस्थापन प्रभावित हुने भन्दै रोक्का गरेको थियो।

लामो समयसम्म जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा जग्गा बिक्री वा वितरण गर्न पाएका थिएनन् र यसका कारण उनीहरू आर्थिक समस्यामा परेको स्थानीयहरूले बताएका थिए। स्थानीय मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकमार्फत रोक्का जग्गा फुकुवा गर्ने निर्णय गर्दै संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, “राजधानी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा गर्ने निर्णय प्रदेश सरकारले गरेको छ र यसको लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ।”

सरकारले फुकुवामा केही सर्त पनि राखेको छ। राजधानी क्षेत्र राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडामा १ कट्ठाभन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गर्न नपाइने, शितगंगा नगरपालिकाका वडामा १ रोपनीभन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गर्न नपाइने निर्णय गरिएको छ। साथै, जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

स्थानीय बासिन्दा र जग्गा मालिकहरूले सरकारले गरेको निर्णयलाई स्वागत गरेका छन्। राजधानी शहर निर्माणको कामलाई गति दिने र जग्गा एकीकरणलाई पनि सघाउने उद्देश्यले सरकारले यो कदम उठाएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका ईञ्जिनियर शंकर सुवेदीका अनुसार, राजधानी क्षेत्रमा १४ वटा प्याकेजको जग्गा एकीकरण योजना अघि बढिरहेको छ र ५१ प्रतिशत जग्गाधनीको सहमतिका आधारमा काम सुरु गरिनेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...