प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना सर्वसम्मत चयन

१७ पुष २०८१, बुधबार

रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  रामेछापको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैटौँ जिल्ला अधिवेशन बाट पुनः केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिना सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

अधिवेशन बाट उपाध्यक्षमा तामाकोसी इंग्लिश बोर्डिङ स्कुलका शिक्षिका पार्वती पाठक, सचिवमा लिटल स्टार इंग्लिश स्कुलका प्रिन्सिपल रमेश फुयाँल,कोषाध्यक्षमा जिएन इंग्लिश बोर्डिङ स्कुलकी प्रिन्सिपल अनिता कार्की सदस्यहरूमा गङ्गालाल एकेडेमीका रवीन्द्र कुमार श्रेष्ठ, खिम्ती सइनराज पब्लिक स्कुलका खड्ग बहादुर थापा र दीपज्योति इंग्लिश स्कुलका अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गरी गङ्गालाल एकेडेमीका अध्यक्ष ढाल विक्रम काकी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ऊर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निजी तथा आवासीय विद्यालयहरूले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शैक्षिक क्षेत्रको विकास गर्न आफूले सकेको सहयोग गर्ने बताउनु भएको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...

रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

काठमाडौं - रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। मंगलबार रसुवागढीमा आएको भीषण बाढीबाट भएको जनधन र संरचनात्मक क्षतिको राहत तथा पुनःनिर्माणमा...

बोधिचित्त माला किन्न आएको दाबी गर्दै डेढ करोड बोकेका चिनियाँ नागरिक नियन्त्रणमा

बोधिचित्त माला किन्न आएको दाबी गर्दै डेढ करोड बोकेका चिनियाँ नागरिक नियन्त्रणमा

काठमाडौं । बौद्ध नयाँ बस्तीबाट डेढ करोड रुपैयाँ भन्दा बढी नगद सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक वाङ जियानलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वाङको डेरामा...