मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौ जिल्ला अधिबेशन बाट सुजन घिमिरे अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला शाखा रामेछापको सातौं जिल्ला अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
यसरी निर्बाचित हुनेहरुमा उपाध्यक्ष द्वय तारा देवी थापा,गणेश माझी सचिबमा भगवती बुढाथोकी, सह–सचिबमा कपिल दाहाल,कोषाध्यक्षमा कुमार घिमिरे र सदस्यहरुमा क्रमश शकुन्तला पुरी, बिजय घिमिरे र रश्मिला ढुंगेल रहेका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा मिनप्रसाद घिमिरे र तारादेवी थापा चयन भएको छ भने प्रदेश प्रतिनिधिमा मिनप्रसाद घिमिरे, कुमार घिमिरे, बिजय घिमिरे र कपिल दाहाल चयन भएको छ । अधिबेशन महासंघका निवर्तमान अध्यक्ष मिनप्रसाद घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य रमेश ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेशनले संस्थाको सांगठनिक एबं आर्थिक प्रतिवेदन पास गरेको छ भने आगामी कार्ययोजनाका वारेमा समेत छलफल भएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...