रामेछाप । मन्थली नगर खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले उचाल्न सफल भएको छ । फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा हराउँदै वडा नं ८ चिसापानी उपाधि उचाल्न सफल भएको हो ।
फाइन खेलमा वडा नं ८ चिसापानीले वडा नं १० चनखुलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । वडा नं ४ चनखु भने उपविजेता मै सीमित बनेको छ । प्रतियोगिताको विजेता चिसापानीले नगद एक लाख रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं १० चनखुले भने नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सुरुवाती चरणमा उपाधिको दाबेदारका रूपमा हेरिएको वडा नं ७ भटौली तेस्रो भएको छ । भटौलीले नगद ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।