पुरुष तर्फ तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीले उचाल्यो

७ फाल्गुन २०८१, बुधबार

रामेछाप । मन्थली नगर खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले उचाल्न सफल भएको छ । फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा हराउँदै वडा नं ८ चिसापानी उपाधि उचाल्न सफल भएको हो ।

फाइन खेलमा वडा नं ८ चिसापानीले वडा नं १० चनखुलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । वडा नं ४ चनखु भने उपविजेता मै सीमित बनेको छ । प्रतियोगिताको विजेता चिसापानीले नगद एक लाख रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं १० चनखुले भने नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सुरुवाती चरणमा उपाधिको दाबेदारका रूपमा हेरिएको वडा नं ७ भटौली तेस्रो भएको छ । भटौलीले नगद ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...