रामेछाप । मन्थली नगरपालिका १ आकाशे खेलमैदानमा भोली देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ (नेकोस) जिल्ला कमिटी रामेछापको आयोजनामा शुक्रवार र शनिवार खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको नेकोसका अध्यक्ष तेज घिसिङले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले भने–शुक्रवार बिहान सात बजे बाट खुल्ला पुरुष फुटबल हुन्छ । खेलमा ३० वर्ष उमेर समूह भन्दा माथिका खेलाडीलाई मात्र सहभागी गराइन्छ । खेलमा हाल सम्म ९ वटा समूह दर्ता भएका छन् अब अन्य समूह सहभागी हुन पाउँदैन अध्यक्ष घिसिङले भने । मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको खेलमा नेपाल प्रहरी, मन्थली अस्पताल, रामेछाप–३०, सेतीदेवी युवा क्लब, मन्थली सांस्कृतिक युवा समाज, प्राविधिक समूह, हातिटार युवा समूह, न्यु स्टार युवा क्लब भटौली समूह गरी नौ समूह सहभागी हुने छ ।
खेलमा प्रथम हुने समूहलाई एक वटा खसी र प्रमाणपत्र, द्धितिय हुने समूहलाई एक वटा बोका र प्रमाणपत्र तितृय हुने समूहलाई एक भाले र प्रमाण पत्र पुरस्कार राशि रहेको आयोजकले जनाएको छ । साथै सहभागी समूहलाई प्रमाणपत्र रहेको पत्रकार सम्मेलनमा आयोजकले बतायो ।