पुरानोगाउँको स्थानापतिमा २१ फिट अग्लो त्रिशूल

Written by meropradesh creator

२ आश्विन २०८०, मंगलवार

रामेछाप । पूर्वी नेपालको दोस्रो तथा नेपालको तेस्रो पशुपतिनाथको रूपमा परिचित स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा सोमबार एक कार्यक्रमका बिच उक्त त्रिशूल स्थापना गरिएको हो ।
हिन्दु नारीको मुख्य पर्व हरितालिका तिजको अवसर पारेर मन्दिरको प्राङ्गणमा तामाको त्रिशूल गाडिएको हो । पत्रकार सन्तोष ढुङ्गेलको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाहरूसँग आर्थिक सङ्कलन गरी ४५ केजी तौल भएको २१ फिट उचाइको त्रिशूल स्थापना गरिएको हो । सो त्रिशूल निर्माणको लागि १ लाख ६० हजार रुपैयाँ र अन्य व्यवस्थापनमा ५० हजार गरी २ लाख १० हजार रुपैयाँ खर्च भएको ढुङ्गेलले बताए । हालसम्म १ लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको र अन्य दाताहरूले पनि सहयोग दिने क्रम रहेको उनले बताए ।
नेपालकै एक ऐतिहासिक धार्मिक स्थलको रूपमा रहेको स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापना गर्ने उद्देश्यले गत वर्षको शिवरात्रिको दिनदेखि अभियान सुरु गरिएको र हरितालिका तिज २०८० मा त्रिशूल स्थापना गर्न सफल भएको अगुवा सन्तोष ढुङ्गेलले बताए । तिजको अघिल्लो दिन शनिवार त्रिशूल विधिवत् रूपमा स्थापना गरिएको थियो भने हरितालिका तिजको दिन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पूजाआजा गरी शुभारम्भ गरेका हुन् । बहिरा महादेवको नामले पुजिने ऐतिहासिक स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापनाका साथै अखण्ड ध्वनि र अखण्ड ज्योतिको पनि शुभारम्भ गरिएको छ ।
काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिने रामेछाप जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । स्थानापति महादेव मन्दिरमा प्रत्येक वर्ष हरितालिका तिज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो वर्षको तिजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनहरूले दर्शन गरेका छन् । रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँलगायतका जिल्लाबाट दर्शनार्थीहरु आएको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आभरणले जानकारी दिए ।
‘सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई अहिले दैनिक रूपमा यो मन्दिरमा दर्शन गर्ने र घुम्न आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको वडाध्यक्ष आभरणले बताए । मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि आकर्षक सिँढी निर्माण गरेको छ । सदरमुकाम मन्थलीबाट वडा नं. ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर पनि स्थानापति महादेव मन्दिर पुग्न सकिन्छ । स्थानीयका अनुसार तीन सय वर्षभन्दा पुरानो स्थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको कुरा पाइने जनविश्वास रहेको छ ।
रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल स्थानापति महादेव मन्दिर परिसरमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । ‘स्थानापति महादेव मन्थली नगरपालिका र जिल्लाको मात्रै नभएर देशकै ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा नगरले गुरुयोजना निर्माण गरी काम गरिरहेको छ । गुरु योजनाअनुसार काम गर्न चालू आर्थिक वर्षमा नगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...