पुरानोगाउँको स्थानापतिमा २१ फिट अग्लो त्रिशूल

Written by meropradesh creator

२ आश्विन २०८०, मंगलवार

रामेछाप । पूर्वी नेपालको दोस्रो तथा नेपालको तेस्रो पशुपतिनाथको रूपमा परिचित स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा सोमबार एक कार्यक्रमका बिच उक्त त्रिशूल स्थापना गरिएको हो ।
हिन्दु नारीको मुख्य पर्व हरितालिका तिजको अवसर पारेर मन्दिरको प्राङ्गणमा तामाको त्रिशूल गाडिएको हो । पत्रकार सन्तोष ढुङ्गेलको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाहरूसँग आर्थिक सङ्कलन गरी ४५ केजी तौल भएको २१ फिट उचाइको त्रिशूल स्थापना गरिएको हो । सो त्रिशूल निर्माणको लागि १ लाख ६० हजार रुपैयाँ र अन्य व्यवस्थापनमा ५० हजार गरी २ लाख १० हजार रुपैयाँ खर्च भएको ढुङ्गेलले बताए । हालसम्म १ लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको र अन्य दाताहरूले पनि सहयोग दिने क्रम रहेको उनले बताए ।
नेपालकै एक ऐतिहासिक धार्मिक स्थलको रूपमा रहेको स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापना गर्ने उद्देश्यले गत वर्षको शिवरात्रिको दिनदेखि अभियान सुरु गरिएको र हरितालिका तिज २०८० मा त्रिशूल स्थापना गर्न सफल भएको अगुवा सन्तोष ढुङ्गेलले बताए । तिजको अघिल्लो दिन शनिवार त्रिशूल विधिवत् रूपमा स्थापना गरिएको थियो भने हरितालिका तिजको दिन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पूजाआजा गरी शुभारम्भ गरेका हुन् । बहिरा महादेवको नामले पुजिने ऐतिहासिक स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापनाका साथै अखण्ड ध्वनि र अखण्ड ज्योतिको पनि शुभारम्भ गरिएको छ ।
काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिने रामेछाप जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । स्थानापति महादेव मन्दिरमा प्रत्येक वर्ष हरितालिका तिज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो वर्षको तिजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनहरूले दर्शन गरेका छन् । रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँलगायतका जिल्लाबाट दर्शनार्थीहरु आएको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आभरणले जानकारी दिए ।
‘सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई अहिले दैनिक रूपमा यो मन्दिरमा दर्शन गर्ने र घुम्न आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको वडाध्यक्ष आभरणले बताए । मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि आकर्षक सिँढी निर्माण गरेको छ । सदरमुकाम मन्थलीबाट वडा नं. ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर पनि स्थानापति महादेव मन्दिर पुग्न सकिन्छ । स्थानीयका अनुसार तीन सय वर्षभन्दा पुरानो स्थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको कुरा पाइने जनविश्वास रहेको छ ।
रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल स्थानापति महादेव मन्दिर परिसरमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । ‘स्थानापति महादेव मन्थली नगरपालिका र जिल्लाको मात्रै नभएर देशकै ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा नगरले गुरुयोजना निर्माण गरी काम गरिरहेको छ । गुरु योजनाअनुसार काम गर्न चालू आर्थिक वर्षमा नगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...