पुरानागाउँका जेष्ठ नागरिकमा खुशियाली

Written by meropradesh creator

७ माघ २०७७, बुधबार

रामेछाप । मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँले आफ्नो वडा भित्र बसोबास गरि ७० बर्ष काटेका जेष्ठ नागरिकहरुलाई जाडो महिनामा ओड्न प्रयोग गरिने कम्बल बितरण गरेपछि जेष्ठ नागरिकहरुमा खुशियाली छाएको हो ।
पुरानागाउँ वडा कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । मन्थली नगरपालिकाबाट वडा कार्यालय दिएकोे नेतृत्व क्षमता विकास तथा लक्षित वर्ग सम्मान कार्यक्रम मार्फत गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
वडा कार्यालयले पुरानागाउँका महिला र पुरुष गरि १ सय ८३ जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान कम्वल बितरण गरेको छ । जाडोले गाउँका जेष्ठ नागरिकहरु कठाग्रिएको देखेपछि उनीहरुलाई चिसोवाट जोगाउन वडा कार्यालयमा आएको रकम वाट कम्बल खरिद गरेर बितरण गरिएको मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँका वडा अध्यक्ष बुद्धिबहादुर मगरले जानकारी दिए ।
उनले भने– विभिन्न जिल्लाहरुमा चिसोका कारण जेष्ठ नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको समाचारहरु विभिन्न संञ्चारमाध्यमहरुमा सुनेपछि मलाई पनि जेष्ठ नागरिकहरुलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यही सोच अनुसार नगरपालिकावाट आएको बजटेवाट जेष्ठ नागरिकहरुलाई जाडोमा ओड्न मिल्ने कम्बल खरिद गरेर बितरण गरेको अध्यक्ष मगरले बताए ।


घरमा भएको पुरानो सिरकले जेनतेत जाडो कटाउँछु भन्ने लागेको थियो । तर वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्झेर जाडोमा ओड्न मिल्ने कम्बल दिएपछि अब यसवर्षको जाँडो सहजै कटाउन सक्छु मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँका ७० वर्षिय रत्नमाया पुलामीले बताइन । उनले भनिन्– जे भए पनि “हामी डाँडा माथिका घाम” भएका जेष्ठ नागरिकलाई सम्झेर वडा कार्यालयले एकथान कम्बल दिएकोमा धेरै खुशि लागेको छ ।
मन्थली नगरपालिका वडा नं–९ का वडा अध्यक्ष बुद्धिबहादुर मगरको अध्यक्षतामा भएको उक्त जेष्ठ नागरिक सम्मान कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि बस्नेतले जेष्ठ नागरिकलाई नगरपालिकाले सधै सम्झने र सम्मान गर्ने बताए । उनले भने– जेष्ठ नागरिकहरुलाई आगामी वर्ष पनि वडा कार्यालय मार्फत आएका कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, पत्रकार दीपक भट्ट, नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ लगाएतका वक्ताहरुले वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई गरेको सम्मान प्रति प्रशंसा गर्दै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...