पुरा गाउँ पहिरोको जोखिममा

Written by meropradesh creator

११ फाल्गुन २०७७, मंगलवार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको एउटा पुरागाउँनै पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि भुगर्वविद्ले पुरा गाउँनै जोखिम्मा रहेको भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो तर स्थानान्तरण नगरिदा बस्ती पहिरोको उच्च जोखिममा परेको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले बताए ।


रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीका ५० घर परिवारको एउटा सिङगो गाउँनै पहिरोको उच्च खोजिममा परेको छ । २०७२ सालको भूकम्पको कारण बस्ती माथिको भिरमा पहिरो चलेपछि भुगर्वविदले पहिरो बढ्नसक्ने भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर त्यो कुरालाई ब्वास्था गर्दै सो ठाउमा भबन हरु निर्माण काय भएका छन् । पहिरो वर्षेनी बढ्दै गएको र सम्बन्धित निकायले बस्ती स्थानान्तरणको लागि चासो नदिंदा पहिरोको उच्च जोखिममा परेको स्थानिय प्रमिला सुनुवारले बताइन । उनले भनिन शुरु शुरुमा माथी बाट पहिरो गएको थियो तर अघिल्लो बर्ष बाट तल खोला बाट पहिरो जान शुरु गरेकोले कति खेर के हुने भन्ने थाहा नभएको बताईन । कतिबेला पहिरो आउने हो भन्ने डरले त्यहाँका स्थानीय अहिले त्रासमा बसिरहेका छन् । पहिरोको डरले आफुहरुले मध्यराती गाउँ छाडेर समेत हिड्न परेको स्थानिय जनमाया श्रेष्ठले बताइन । उनले भनिन् खाना खादा खादै पहिरो जानलागेपछी भागेर घर छाडेर स्कुलमा भोक भोकै धेरै रातहरु बिताउन परेको बताईन ।
उक्त स्थान बाट पहिरोकै कारण २९ घर विस्थापित भइसकेको स्थानिय गोपाल श्रेष्ठले जानकारी दिए । पहिरोले वडाको भुगोललाई नै दुई भागमा विभाजन गरिदिएको कारण बर्खाको समयमा अधिकांश वडाबासीहरु वडा कार्यालयले प्रवाह गर्ने सेवा लिनबाट समेत बञ्चित हुँदै आएको स्थानिय श्रेष्ठले बताए । उनका अनुसार वर्षेनी पहिरोको आकार पैmलिदै जाँदा सिंगो बस्ती नै जोखिममा परेको र खेतीयोग्य जमिन समेत कटान गर्दै लगेको जानकारी दिए ।


अन्य ठाउँमा जग्गा हुनेहरु बसाई सरेर गए पनि जग्गा नहुनेहरु भने भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गतको घर पनी त्यही ठाउँमा बनाएर बस्न बाध्य भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले बताए
। बस्ती स्थानान्तरणको विषयमा स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच पटक–पटक छलफल भए पनि बस्ती स्थानान्तरणको निर्णय नहुदा सेवाग्राहीले पनि सेवा लिन आउने अवस्था नभएको र वडा कार्यालय लगाएत सम्बन्धीत निकाएले पनि सेवा प्रवाह गर्न नसकेको वडा अध्यक्ष नेवारल स्वीकार गरेका छन् । अध्यक्षले भने हामीले गर्न सक्ने पहल गरेको हो वस्ती स्थानान्तरको लागी तर सकेनौ । भूकम्पपछि उमाकुण्डको भूजी लगायत रामेछाप जिल्लाका ११ स्थानका बस्तीहरु स्थानान्तरण गर्नुपर्ने भूगर्वविदले सुझाव दिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...