प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले दुई दिने न्यु मिडिया तथा बिकास पत्रकारिता तालिम शुरुगरेको छ ।
प्युठान नगरपालिकको आर्थिक सहयोगमा दुई दिन सम्म चल्ने तालीममा जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आबद्व पत्रकारहरुको उपस्थिती रहेको छ । तालीको उद्घाटन कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले
जिल्लाका बिकास निर्माणले अन्य जिल्लाको तुलनामा अझै फड्को मर्न नसेको भन्दै क्रमिकरुपमा बिकास भइरहेकोले विकासले गती लिन सक्दैनकी भनेर नआतीन समेत सबैलाई आग्रह गरेका छन । जिल्लाका धार्मिक तथा प्रयटकिय स्थलहरुको विकासमा नगरपालिकाले विशेष योजना बनाएर विकास निर्माणको लागी काम गरेको भन्दै प्रयटन प्रबर्द्धनको लागी सञ्चार माध्यमलाई विशेष भुमीका खेल्न समेत अनुरोध गरेका छन् । त्यस्तै गरी तालीमका प्रशिक्षक समेत रहेका कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश ब्युरो प्रमुख दिपेन्द्र बडुवालले पत्रकारहरुले स्थलगतरुपमा अध्ययन गरि समचारहरु लेख्ने बानिको बिकास गर्नु पर्ने भन्दै पत्रकारहरुलाई समाज परिवर्तणकोको लागी निकै चुनौतिहरु भएको बताएका छन । पत्रकार भनेको समाजको चौथो अंग भएकोले सधै भरी पत्रकार समाजको परिवर्तनको पक्षमा रहेर काम गर्नु पर्ने बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...