पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

Written by meropradesh creator

१० जेष्ठ २०७८, सोमबार

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल गरेको छ । पत्रकार महासंघ रामेछापले एक अपिल पत्र जारि गर्दै सो कोष निर्माणका लागि सहयोग गर्न अनुरोध गरेको हो ।
पत्रकारहरु आफ्नो जिउ ज्यान र परिवारको पर्वाह नगरी रातोदिन नागरिकलाई सूचना दिने कार्यमा तल्लिन छन् । चाहे संक्रमण रोक्नका लागि चाल्नुपर्ने कदमको बारेमा कुरा उठाउदा होस या अक्सिजन नभएको कुरा होस । चाहे प्रशासनले लकडाउनलाई प्रभाकारी वनाउन नसकेको कुरा हुन या संक्रमितलाई वेवास्ता गरेका कुरा हुन संचार माध्यममा दिनु पर्ने वाध्यता पत्रकारहरुलाई छ । यहि बाध्यताका विच रामेछापमा क्रियासिल पत्रकारहरु १० जनालाई दोश्रो लहरको कोरोना संक्रमण भएको र महासंघमै आईसुलेसनमा राखि निको भएर घर फर्कनु भएको छ । तसर्थ अब भाबी दिनहरूमा पत्रकारलाई पर्ने संकट व्यवस्थापनका लागि यो कोष आवश्यक रहेको महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे बताउँछन् ।


कोरोना फैलने, गम्भिर विरामी पार्ने र निधन हुने क्रम रोकिएको छैन । अझै सम्म कोरोना विरुद्ध खोपको ग्यारेण्टी छैन् । पत्रकारहरुले पेशा व्यवसाय गर्नुनै छ । सुरक्षा सावधानि अपनाउदा अपनाउदै संक्रमित हुन सक्ने कुरालाई मध्यनजर गर्दै पत्रकारहरुलाई आइसुलेसन, औषधि उपचार र गम्भिर विरामी परेको अवस्थामा सुविधा सम्पन्न अस्पताल सम्म लगेर उपचार गर्नुपर्ने अवस्था आउदा केहि सहयोग पुगोस भन्ने हेतुले नेपाल पत्रकार महासंघ रामेछापले संकट व्यवस्थापन तथा उद्धार कोष ९ पत्रकार ० २०७८ स्थापना गर्ने निर्णय गरेको अध्यक्ष नयाँघरेले बताए ।
अपील पत्रमा भनिएको छ ( उक्त कोषमा पत्रकारहरु स्वयं, स्थानीय सरकार, समाजिक अभियान्ता, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, राष्ट्रसेवक कर्मचारी र ईच्छुक समाजका लव्धप्रतिष्ठित महानुभावहरुलाई आफुले सकेको सहयोग गरीदिनु हुन अनुरोध छ ।
महासंघले राष्ट्रिय बाणिज्य बैंक मन्थलीमा रहेको  Nepal Patrakar Mahasangh को खाता नम्बर १६८०१००००४६७०००१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने अपिल पत्रमा लेखेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...