पत्रकार श्रेष्ठलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भन्दै महांसघद्वारा प्रेस बिज्ञप्ती जारी

Written by meropradesh creator

१ असार २०७८, मंगलवार

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापकी सदस्य ज्ञानु श्रेष्ठलाई अप शब्द प्रयोग गर्दै गाली गलौज गर्नुका साथै पत्रकारहरुलाई सडकमा नै कुटपिट गर्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले प्रेस बिज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महांसंघ बागमती प्रदेशका प्रदेश सदस्य तथा अन्नपुर्णटाइम्स डट.कम अनलाइनका सह–सम्पादक ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै पत्रकारहरुलाई सडकमानै कुटपिट गर्ने सम्मको धम्कि दिएको घटना प्रति नेपाल पत्रकार महासंघले ध्यानआर्कषण गर्दै प्रेस बिज्ञप्ती जारी गरेको हो । नेपाल पत्रकार महांसंघले उक्त घटना प्रती जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापलाई उचित छानविन गरी कानुनी कारवाहिको लागि आग्रह समेत गरेको छ ।
रामेछाप नगरपालिका–६ स्थित जनकल्याण मा.बिका शिक्षक ख्यानबहादुर श्रेष्ठले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७८ जेष्ठ २५ र २६ गते ६२ देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरीकहरुका लागि लगाउने भनेको कोरोना खोप दुरुपयोग भएको विषयलाई लिएर च्यास्कु खोप केन्द्रबाट सरकारी मापदण्ड बिपरीत खोप लगाउदै गरेको तस्बीर शिक्षक आफैले सामाजिक सञ्जालमा हालेको, सो तस्बीर सहित खोप दुरुपयोग भएको भन्ने समाचार बिभिन्न सञ्चार माध्यमबाट प्रकासित भएको र सो मध्ये अन्नपुर्णटाइम्स अनलाइनमा प्रकाशित भएको बिषयलाई लिएर नेपाल पत्रकार महांसंघ बागमती प्रदेश सदस्य तथा उक्त अनलाइनका सह–सम्पादक ज्ञानु श्रेष्ठ माथि निज शिक्षक ख्यानबहादुर श्रेष्ठले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै पत्रकारहरुलाई सडकमानै कुटपिट गर्ने सम्मको धम्कि दिएको घटना प्रति नेपाल पत्रकार महासंघ रामेछापको ध्यान आर्कषण प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।


नेपालको प्रेस स्वतन्त्रता र नागरिकले सु–सुचित हुन पाउने हकको सुनिश्चितताको लागि पत्रकारहरुले समाजका विभिन्न विषयमा कलम चलाउदा निन्दा व्यहोर्न पर्ने, गालीगलौज र कुटपिट सम्मको धम्की खानु निन्दनिय विषय हो । पत्रकारहरुले वनाएका कुनैपनि समाचार चित्त नवुझेमा कानुनी बाटो अवलम्बलन गर्नुको साटो व्यक्तिगत रुपमा तल्लो स्तरको गालीगलौज र कुटपिट गर्ने सम्मको धम्की दिनु, समग्र पत्रकार र पत्रकारीता पेशालाई नै अपमानित तथा अमर्यादित शव्दले लान्छाना लगाउनु र समाजको सर्बैसर्बा आफुनै हो भन्ने किशिमको व्यवहार जिम्मेवार शिक्षकबाट हुनुले स्वतन्त्र प्रेसको खिल्ली उडाउने काम भएको भन्दै पत्रकार महांसंघले त्यसको प्रेस बिज्ञप्ति मार्फत बिरोध समेत गरेको छ ।
नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्की दिने शिक्षक ख्यानवहादुर श्रेष्ठ माथि उचित छानविन गरी कानुनी कारवाहिको लागि जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण समेत गराएको छ । साथै लक्षित वर्गका लागि प्राप्त खोपको दुरुपायोग गर्ने कार्यको समेत छानविन गरी दोषि उपर कारवाहि गर्नुका साथै भविष्यमा यस प्रकारका घटना घटन नदिनका लागि समेत प्रेस बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।
अन्त्यमा समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई यस प्रकारका निन्दनिय कार्य गर्ने जो कोहिको कुनैपनि हर्कतका विरुद्ध सम्पूर्ण पत्रकारहरु एकतावद्ध भएर कानुनी लडाईमा लाग्ने र पेशागत मर्यादामा कुनैपनि आँच आउन नदिने कुरामा द्ढ रहेको व्यहोरा स्मरण गराउन चाहन्छौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...