रामेछाप । नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे नगद २० हजार रकम सहित सम्मानित हुनु भएको छ । रामेछाप जिल्ला बाट प्रकाशन हुने राष्ट्रिय दैनिक पत्रिका गन्तव्य टुडेले आफ्नो ८ औँ स्थापना दिवसको अवसरमा रामेछाप जिल्लामा रहेका सञ्चार संस्थाहरू संरक्षण गर्न महत्त्व महत्त्व पूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार घिमिरेलाई सम्मान गरेको हो । शनिवार मन्थली नगरपालिकाको सभा हलमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले नयाँघरेलाई सम्मान पत्र र २० हजार नगद सहित सम्मान गरेका हुन् ।
जिल्लाका अग्रज एवं वरिष्ठ पत्रकार नयाँघरे नेपाल पत्रकार महासङ्घको अध्यक्ष हुन् भने रेडियो नेपालका जिल्ला संवाददाता, पालिका आवाज साप्ताहिक सम्पादक र नेपाल अभियान अनलाइनका सञ्चालक समेत हुन् ।