पत्रकार भट्ट सम्मानित

Written by meropradesh creator

२० पुष २०७७, सोमबार

रामेछाप । जिल्लामा रहेर बिगत लामो समयदेखी पत्रकारीताको क्षेत्रबाट जैविक विविधताको संरक्षण गर्दै जलवायु परिर्वतनको असरहरु न्युनिकरणका बिषयमा योगदान पुर्याएको प्रति उच्च कदर गर्दै कान्तिपुर टेलीभिजन रामेछापका जिल्ला प्रतिनिधि दीपक भट्टलाई आइतबार एक कार्यक्रको बिच नगद ५ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मानित गरिएको छ ।
सम्मानित भट्ट २०५३ सालदेखी निरन्तर रुपमा रामेछापमा रहेर पत्रकारीता क्षेत्रमा कार्यरत रहेका छन् । बातावरण परियोजनाले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाउने अर्का पत्रकार गोरखापत्र दैनिकका जिल्ला प्रतिनिधि नबराज श्रेष्ठलाई पनि नगद ५ हजार रुपैयाँ र प्रशंसा–पत्रले सम्मानित गरेको छ ।
त्यसैगरी परियोजनाले सन् २०२० मा वातावरण संरक्षणका क्षेत्र अन्र्तगत फोहोर व्यवस्थापनमा योगदान गरेको भन्दै रामेछाप सहयोगी मन (रासम), सिद्धेश्वर बालक्लव सालु र सामुदायिक वन संरक्षणमा योगदान पुर्याउने सानिमदौ सामुदायिक वनलाई नगद ७ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मान गरेको हो ।
रामेछापमा संचालित वातावरण संरक्षण परियोजनाले सन् २०२० मा सञ्चालन गरेको कार्यक्रमको समिक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमको सुझाव संकलनको लागि आइतवार मन्थली नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा पत्रकार, सहयोगी संस्थालाई सम्मानित गरेको हो ।
त्यसैगरी सोही कार्यक्रममा कृषि र वन क्षेत्रमा योगदान गर्ने कठजोरका रमेशकुमार अधिकारी, हात्तिटारका गणेशवहादुर माझी, होम माझी, रुपा सुवेदी, माछा पालनमा योगदान गर्ने लक्ष्मण श्रेष्ठ र खानेपानीको मुहान संरक्षण क्षेत्रमा योगदान गर्ने रामनारायण श्रेष्ठलाई नगद ५ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मानित गरिएको छ ।
वातावरण संरक्षणका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लामा संचालित वातावरण परियोजनाले स्थानिय सरकारसँग समन्वय गरेर काम गरेको बताए । उनले आगामी दिनमा पनि परियोजनाले कुनै पनि राजनितिकको आडमा नबसी काम गर्न आग्रह गरे ।


वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिकाको वडा नं. १ देखी ६ सम्म र रामेछाप नगरपालिकाको वडा नं ७,८ र ९ मा संञ्चालित कार्यक्रमलाई थप प्रभावकारी के–कसरी बनाउन सकिन्छ भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको वातावरण संरक्षण परियोजनाका व्यवस्थापक मिलनकुमार घिसिङ्गले जानकारी दिए । उनले भने– परियोजनाले वातावरण संररक्षणको लागि अन्य बिभिन्न कार्यक्रमहरु सँगै नागरिक सचेतना सम्वन्धी अभिबृद्धि कार्यक्रम समेत सँगसँगै लैजाने बताए ।
कार्यक्रममा परियोजनाका संयोजक दीपक चौलागाईले सन् २०२० मा परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा गरेका कार्यक्रमको उपलव्धी र भाबि दिनमा गर्ने कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...