पत्रकार भट्ट सम्मानित

Written by meropradesh creator

२० पुष २०७७, सोमबार

रामेछाप । जिल्लामा रहेर बिगत लामो समयदेखी पत्रकारीताको क्षेत्रबाट जैविक विविधताको संरक्षण गर्दै जलवायु परिर्वतनको असरहरु न्युनिकरणका बिषयमा योगदान पुर्याएको प्रति उच्च कदर गर्दै कान्तिपुर टेलीभिजन रामेछापका जिल्ला प्रतिनिधि दीपक भट्टलाई आइतबार एक कार्यक्रको बिच नगद ५ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मानित गरिएको छ ।
सम्मानित भट्ट २०५३ सालदेखी निरन्तर रुपमा रामेछापमा रहेर पत्रकारीता क्षेत्रमा कार्यरत रहेका छन् । बातावरण परियोजनाले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाउने अर्का पत्रकार गोरखापत्र दैनिकका जिल्ला प्रतिनिधि नबराज श्रेष्ठलाई पनि नगद ५ हजार रुपैयाँ र प्रशंसा–पत्रले सम्मानित गरेको छ ।
त्यसैगरी परियोजनाले सन् २०२० मा वातावरण संरक्षणका क्षेत्र अन्र्तगत फोहोर व्यवस्थापनमा योगदान गरेको भन्दै रामेछाप सहयोगी मन (रासम), सिद्धेश्वर बालक्लव सालु र सामुदायिक वन संरक्षणमा योगदान पुर्याउने सानिमदौ सामुदायिक वनलाई नगद ७ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मान गरेको हो ।
रामेछापमा संचालित वातावरण संरक्षण परियोजनाले सन् २०२० मा सञ्चालन गरेको कार्यक्रमको समिक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमको सुझाव संकलनको लागि आइतवार मन्थली नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा पत्रकार, सहयोगी संस्थालाई सम्मानित गरेको हो ।
त्यसैगरी सोही कार्यक्रममा कृषि र वन क्षेत्रमा योगदान गर्ने कठजोरका रमेशकुमार अधिकारी, हात्तिटारका गणेशवहादुर माझी, होम माझी, रुपा सुवेदी, माछा पालनमा योगदान गर्ने लक्ष्मण श्रेष्ठ र खानेपानीको मुहान संरक्षण क्षेत्रमा योगदान गर्ने रामनारायण श्रेष्ठलाई नगद ५ हजार रुपैयाँ सहित प्रशंसा–पत्रले सम्मानित गरिएको छ ।
वातावरण संरक्षणका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लामा संचालित वातावरण परियोजनाले स्थानिय सरकारसँग समन्वय गरेर काम गरेको बताए । उनले आगामी दिनमा पनि परियोजनाले कुनै पनि राजनितिकको आडमा नबसी काम गर्न आग्रह गरे ।


वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिकाको वडा नं. १ देखी ६ सम्म र रामेछाप नगरपालिकाको वडा नं ७,८ र ९ मा संञ्चालित कार्यक्रमलाई थप प्रभावकारी के–कसरी बनाउन सकिन्छ भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको वातावरण संरक्षण परियोजनाका व्यवस्थापक मिलनकुमार घिसिङ्गले जानकारी दिए । उनले भने– परियोजनाले वातावरण संररक्षणको लागि अन्य बिभिन्न कार्यक्रमहरु सँगै नागरिक सचेतना सम्वन्धी अभिबृद्धि कार्यक्रम समेत सँगसँगै लैजाने बताए ।
कार्यक्रममा परियोजनाका संयोजक दीपक चौलागाईले सन् २०२० मा परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा गरेका कार्यक्रमको उपलव्धी र भाबि दिनमा गर्ने कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...