पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

Written by meropradesh creator

४ चैत्र २०७८, शुक्रबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ ।

फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको ७७ हजार १ सय २६ रुपैंया सहयोग रकम बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले अन्जन रानाको घरमै पुगेर उनका परिवारलाई हस्तान्तरण गरेका हुन् । सामाजिक संजाल फेसबुक म्यासेन्जर मार्फत सहयोज अभियान चलाएर फेनिज जिल्ला शाखाहरु र फोनिजकर्मी पत्रकारहरुबाट संकलन भएको एकमुष्ट ७७ हजार १ सय २६ रुपैँया परिवारलाई हस्तान्तरण गरिएको फोनिज बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सिन्धुली शाखाले ३ लाखको अन्जन राना स्मृति अक्षयकोष स्थापना गर्ने भएको छ । उक्त कोषबाट अन्जनका छोरी आर्याको पठन पाठनमा थप सहयोग पुग्ने फोनिजले विश्वास लिएको छ । रानाको छोरी आर्या रानाको पठनपाठनमा समस्या नहोस भनेर फोनीज सिन्धुलीले स्थानिय आधुनिक बोडिङ्ग स्कुलमा एसईईसम्म निःशुल्क रुपमा पढाइदिने व्यवस्थापन समेत गरेको छ ।

अन्जनको समचार संकलन गर्ने क्रममा फागुन २३ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तिनकन्या पुगेर फोनिज बागमती प्रदेश र सिन्धुली शाखाले अन्जनले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदान कहिल्यै बिर्सन नसक्ने भन्दै दुःख ब्यक्त समेत गरेका छन् । २७ बर्षिय अन्जन रेडियो सिद्धबाबा सिन्धुली १० वर्षअघिदेखि पत्रकारितामा सक्रिय थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...