पर्यटनको आर्कषक केन्द्र भालुखोपः नगरप्रमुख मगर

Written by meropradesh creator

२६ माघ २०७८, बुधबार

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा रहेको भालुखोप डाँडा पर्यटनको आर्कषणको केन्द बन्ने रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले बताएका छन् । भालुखोपमा नव निर्मित भ्युटावरको उद्घाटन पछी कुरा गदै नगरप्रमुख मगरले भालुखोपलाई पर्यटनको आर्कषकको केन्द्र बनाउन आफु लागी पर्ने बताएका छन् । नगरको मात्र नभएर जिल्लाकै सबै भन्दा बढी पर्यटन क्षेत्रमा आर्कषणको केन्द्र बनाएर पर्यटन भित्रयाउने खालको कार्यक्रम ल्याउने नगरप्रमुख मगरले बताए । पर्यटन प्रर्बदनको लागी आवश्यक पुर्बाधार निर्माण भइरहेको र अझ स्थानिय नागरिक संग समन्वय गरेर आवश्यक सहयोग गर्ने नगरप्रमुख मगरले बताए । भ्युटावर सम्म जान सडक कालोपत्रेको कामशुरु भएको आर्कषक सेडिँ निर्माण समेत भएको र ८० प्रतिशत नगरको लगानीमा होमस्टे सञ्चालनमा समेत ल्याइसकेको बताएका छन् । अब आवश्यक पुर्बाधार निर्माणमा नगरपालिका लागी पर्ने बताएका छन् ।
नगरपालिको वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरको मंगलबार उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,रामेछाप नगरपालिकाका कर्मचारीहरु र स्थानियको उपस्थितीमा रुद्रि पुजा लगाएर उद्घाटन गरिएको थियोे ।
रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै पर्यटकहरुको भिड लाग्ने गरेको छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन ।
भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढंगाका विभिन्न भू–भागहरुको दृश्यअवलोकन गर्न सकिने वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताए । रामेछाप नगरपालिकाको १ करोड ४१ लाख लागतमा सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...