पर्यटन आउन थाले कोभिड पछि पोखरामा

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

अन्जु मानन्धर
पोखरा ःपोखरामा कोरोना (कोभिड—१९) पछि आन्तरिक पर्यटक आउन थालेका छन् । सुस्ताएको पर्यटन उद्योगले विस्तारै गति लिन थालेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । विदेशी पर्यटक भने आउने अवस्था अझै बनि नसकेको पोखराका पर्यटन व्यवसायी भट्टराईले बताए ।
कोभिडपछि विभिन्न जिल्लाबाट विद्यार्थी शैक्षिक भ्रमण र कृषक समूह अध्ययन भ्रमणमा आउन थालेको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले जानकारी दिए । कोरोना सतर्कता अपनाएर पोखरा घुम्न आएको आमा फूलबारी कृषक समूहकी सदस्य सीता थारूले बताइन् । कृषक सोमली थारूले पहिलो पटक घुम्न आएको र पोखरा निकै रमाइलो लागेको बताइन ्। हाल विद्यालयले नै विद्यार्थीलाई शैक्षिक भ्रमणमा ल्याउन थालेका छन् । सर्लाही मलङ्वाको पदमरत्न विद्यामन्दिरका ४५ जना विद्यार्थी पोखरा भ्रमणमा छन् । विद्यालय खुलेसँगै शैक्षिक भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको विद्यार्थी राहुल यादवले बताए । पोखरा, मनकामना, सौराहा, देवघाट, हेटौंडाको सहिद स्मारक घुम्ने गरी ५ देखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक भ्रमण ल्याएको शिक्षक गुणराज धमलाले बताए ।
आन्तरिक पर्यटकले पोखराका होटल तथा रेस्टुरेन्ट विस्तारै चलायमान हुन थालेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । विदेशी पर्यटक आउने अवस्था सहज नबन्दासम्म पर्यटन उद्योग सस्टेन हुन नसक्ने पनि उनले सुनाए। पोखराको पर्यटन अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकको कारण बढी चलायमान हुने गर्थ्यो । विदेशी पर्यटक नआउँदासम्म यहाँका होटल, रेस्टुरेन्ट, ट्रेकिङ सपलगायत उद्योग चलायमान नहुने टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पदयात्रा क्षेत्रमा काम गर्ने मजदुर पदयात्राका लागि आउने विदेशी पर्यटक नआउँदासम्म बेरोजगार बन्ने पनि उनले सुनाए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०१९ मा १ लाख ८१ हजार विदेशी पर्यटकले पदयात्रा गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने पर्यटक पोखरा हुँदै संरक्षण क्षेत्रको पदयात्रामा जाने गर्छन्। फर्कंदा पनि पोखरामै केही दिन बसेर फर्कन्छ । यसैले पोखरा चलायमान हुने गरेको टान पोखराका अध्यक्ष पौडेलले बताए। उनले भने, ‘कोरोना संक्रमणको कारण सन् २०२० मा भने स्थापनाकालको भन्दा पनि कम पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा पुगे। त्यो पनि कोरोना संक्रमण हुनुअघि ।’
सन् २०२० मा १८ हजार ७ सय ९६ जना पर्यटक मात्र पदयात्रा गर्न पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। सन् १९८९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३६ हजार ५ सय ८४ पर्यटक पुगेका थिए। सन् १९९० मा घटेर ३५ हजार ८ सय ११ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेको उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...