पर्यटकीय तीनलाल पाक उद्घाटन 

Written by meropradesh creator

२९ असार २०८०, शुक्रबार

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो ।
 समय भन्दा धेरै ढिलो गरी निर्माण सम्पन्न गरेको तीनलाल पार्क बिहीबार निर्माण कम्पनी पाँच पोखरी सुवेदी जेभिले मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको हो । निर्माण कम्पनी पाँच पोखरी सुवेदी जेभिका सुजन कार्कीले नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँलाई पार्कको साँचो हस्तान्तरण गरेको हो ।
पार्कको उद्घाटन गर्दे नगरप्रमुख श्रेष्ठले नव निर्मित पार्क मन्थली नगरको गौरवको आयोजनका रूपमा रहकोले यसको सञ्चालन व्यवस्थित रूपमा गर्नुपर्ने चुनौती नगर सँग रहेको बताएका छन् । श्रेष्ठले उक्त पार्क मन्थली नगरपालिकाले व्यावसायिक प्रयोजनमा लगाउने समेत जानकारी गराए । श्रेष्ठले भने पार्क सञ्चालन र व्यवस्थापनका लागी लागि नगरले टेन्डर आह्वान गर्ने र जसले टेन्डर प्राप्त गर्दछ सोही कम्पनीले पार्कको रेखदेख गर्ने छ ।
आफू सामाजिक अभियान मार्फत राजनीतिमा जोडिएकोले नगरको विकासका लागि आफू ईमान्दार सिपाहीका रूपमा लागि परेको समेत बताएका छन् । पूर्व जन प्रतिनिधि र समाजका अन्य पक्षको पनि रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा आफूले लिएको समेत बताए ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाम बाट पार्कको नाम तीनलाल पार्क राखिएको छ ।
सदरमुकाम मन्थलीमा १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४ सय ८ जना क्षमताको सभा हल, महिला,पुरुष बच्चा सहितको तीन वटा स्विमिङ पुल, ७५ देखि १ सय जना क्षमताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत पार्क भित्र रहेको छ । पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा समेत रहेको छ
 पार्क निर्माणको लागि १० करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो । तर पाँच पोखरी सुवेदी जे भी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । खासै घुमफिर गर्ने पर्याप्त ठाउँ नभएको रामेछापको सदरमुकाम मन्थलीमा बनेको तीनलाल पार्क एउटा राम्रो घुम्ने थलो बन्ने स्थानीयको भनाइ रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...