प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र

Written by meropradesh creator

६ माघ २०७७, मंगलवार

बागलुङ्ग । बागलुङको गलकोट नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको छ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा भन्ने नाराका साथ नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र
स्थापना गरेको हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज र पशुजन्य उत्पादन गर्नेका लागि राम्रो अवसर देखिएको छ । अवसरको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय सरकारले चासो देखाउन थालेको स्थानियको भनाई छ ।
कोरोना महामारीले थला परेको रोजगारीको क्षेत्रबाट विस्थापितलाई कृषि र पशुपालन व्यवसायमा अकर्षित गर्नका लागि बागलुङको गलकोट नगरपालिकाले वडाअनुसारको उत्पादनमा जोड दिएको हो । वडाअनुसार साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणा गरेर नगरपालिकाले कृषि र पशुपालनमा व्यावसायिकता विस्तार गर्न थालेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
नगरपालिकाले भौगोलिक अवस्थिति र माटो तथा हावापानीका आधारमा वडामा उत्पादन हुनसक्ने कृषिजन्य उत्पादनको पहिचानसमेत गरेको छ । ‘जहाँ जे हुन्छ त्यसकै लागि प्रोत्साहन गर्ने नीति बनाएका छौँ’, उनी गैरे भन्छन्, ‘ऊर्जाशील जनशक्तिको उपयोग गरेर उत्पादन बढाउँछौँ ।’ गण्डकी प्रदेश सरकारले साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणाका लागि बजेट विनियोजन गरेको छ । जसको कार्यान्वयन स्थानीय तहले गर्नेछन् । प्रदेशको कार्यक्रमलाई माटो सुहाउँदो उत्पादन सिफारिस गरेर कार्यान्वयन गर्न थालिएको नगरप्रमुख गैरेले बताए ।
नगरपालिकाले वडाअनुसारका उत्पादनको सूची तयार गरेको छ । वडा नं १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बाख्रा पकेट घोषण गरेको हो । वडा नं २ मा तरकारी उत्पादन गर्ने किसानले बङ्गुरपालन गर्नेछन् । फलफूल बालीका लागि राम्रो हावापानी रहेको वडा नं ३ मा सुन्तला जातका फलफूलको पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको गैरेले बताए । यहाँ व्यावसायिक गाईभैँसीपालनका लागि किसानलाई प्रोत्साहन गरिनेछ । वडा नं ४ मा किबीको खेती हुनेछ । परीक्षणका रुपमा लगाइएको किबीबाटै किसानले चालू आवमा राम्रो फल लिएकाले किबी खेतीको पकेट क्षेत्र घोषणाको तयारी थालिएको हो ।
वडा नं ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानीय कुखुरा पकेट क्षेत्रका लागि प्रस्ताव गर्ने निर्णय भएको छ । त्यस्तै वडा नं ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ बाख्रा, वडा नं ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानीय कुखुरा, वडा नं ८ मा कृषितर्फ आलु र पशुपक्षीतर्फ भैँसी, वडा नं ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैँसी, वडा नं १० मा कृषितर्फ अदुवा बेसार र पशुपक्षीतर्फ भेडा तथा वडा नं ११ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ बङ्गुर पकेट क्षेत्रका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरेर पठाइएको उनले बताए ।
‘नगदे र फलफूल बालीलाई प्राथमिकता दिएका छौँ, परम्परागतरुपमा फल्ने धान कोदो बालीको संरक्षणमा समेत सचेत छौँ’, गैरेले भने,’उत्पादनले खर्च कटाएर आम्दानी दिनुपर्छ, सोहीअनुसारको बालीलाई प्रोत्साहन गर्छौं ।’ प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएकाले यति नै बजेट खर्च हुन्छ भन्ने टुङ्गो छैन । काम गर्नेका लागि बजेटको अभाव नहुने उनले बताए । कोरोना महामारीको मारमा परेकालाई पकेट क्षेत्र घोषणा गरेर सञ्चालन हुने कार्यक्रमले सहयोग पु¥याउने नगरपालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...