रामेछाप । प्रतिनिधिसभाका सांसदहरु तिन जना निलम्बितमा परेका छन् । यस अघि एमाले बाट निर्बाचित टोपबहादुर रायमाझी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट निर्वाचित रबि लामेछानेको सांसद पद निलम्बनमा परेको थियो ।
पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् । रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका छन् र हाल थुनामा छन् । एमाले सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा निलम्बित छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो । भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...