रामेछाप । रामेछापमा प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन लागेको हो ।
खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा हुनेछ । प्रतियोगितामा सहभागी टीमले बैंक खाता नं.९०१०१००००८६० मा शुल्क तिरेर टिम दर्ता गर्न सकिने दोरम्बा गाउँपालिका–२ वडा सदस्य एवं सैलुङ्ग खेलकुद विकास समितिको महासचिव रञ्जित मोक्तानले जानकारी दिए । टिम दर्ता शुल्क रु ७ हजार ५ सय रहेको छ ।
मोक्तानका अनुसार प्रतियोगितामा भाग लिने टिमले चैत २३ गते चार बजेसम्म दर्ता गराउनु पर्नेछ । साथै टिम सहभागी हुँदा आधिकारिक संघसंथाको प्रमाण पत्र सहित सहभागि हुनुपर्ने छ । खेलमा प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु। १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको पुरस्कार राखिएको छ । प्रतियोगिता चैत्र २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...