प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्था गर्दै विद्यालय सञ्चालन

Written by meropradesh creator

२३ श्रावण २०७८, शनिबार

रामेछाप । रामेछापमा स्थानिय प्रशासनले कोरोनाका संक्रमितहरु बढेको भन्दै विद्यालय सञ्चालनमा पूर्णरुपमा रोक लगाएको सूचना सार्वजनिक गरेपछि त्यसको वेवास्था गर्दै केही सामुदायिक विद्यालयहरुले भने नियमित पठनपाठन शुरुवात गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक सूचना मार्फत विद्यालय र सभासम्मेलन लगाएतका क्षेत्रहरु अर्को सूचना नआएसम्म बन्द गर्ने जनाएको छ । प्रशासनले सार्वजनिक गरेको सूचनालाई लत्याउँदै ग्रामिण भेगका सामुदायिक विद्यालयहरुले नियमित पठनपाठन शुरुवात गरेका हुन् ।

रामेछापमा पछिल्लो समय पिसिआर र एन्टिजेन विधिवाट जाँच गर्दा दैनिक २० देखी ६५ जनासम्म कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लामा अहिले २ सय ९६ जना सक्रिय कोरोन संक्रमितहरु रहेका छन् । दैनिक कोरोनाका संक्रमितहरु बढेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले थप निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निशेधाज्ञामा विद्यालय सञ्चालनमा पूर्णरुपमा रोक लगाएको भएता पनि विद्यालय प्रशासनले भने निषेधाज्ञाको पालना नै नगरि विद्यालयहरु संञ्चालन गर्दै आएका छन् ।


विद्यालय सञ्चालन गर्दा विद्यालयमा नत सावुन पानी नत सामाजिक दुरी नत सेनिटाइजर न मास्क विना नै विद्यार्थीहरु जम्मा गरि दैनिक कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना महामारी वढिरहेको समयमा पनि विद्यालय नियमित संञ्चालन हुँदा विद्यालयमा अध्ययनरत बालबालिकाहरु पनि संक्रमण हुनसक्ने भन्दै केही अभिभावकहरुले आफ्ना साना बालबालिकाहरु विद्यालय पठाएका छैनन् ।

केही अभिभावकहरुले भने बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने गरेका छन् । बालबालिकामा कोरोना संक्रमण हुनसक्ने भन्दै केही अभिभावकहरुले भने कोरोनाको संक्रमण दर नघटेसम्म विद्यालय बन्द गर्नुपर्ने आवाज उठाइरहेका त छन् तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन् । जसकाकारण बालबालिकाहरुमा कोरोना संक्रमण हुने भय अभिभावकहरुमा सिर्जना उत्पन्न भएको मन्थली नगरपालिका वडा नं १३ फुलासीका ओमकार अधिकारीेले जानकारी दिए ।

उनले भने– गाउँका विद्यालय अहिले नियमित खुलेका छन् । तर कोरोना संक्रमण हुने दर अहिले पनि घटेको छैन् । जसकाकारण विद्यालयमा विहान सद्धे गएका बालबालिकाहरु बेलुका घर फर्कदा न कोरोना संक्रमित भएर आउने हुन की भन्ने चिन्ता आफुहरुमा थपिएको छ । यस्तो समयमा विद्यालय संञ्चालन गर्नुभन्दा विद्यालय बन्द गराउनु नै राम्रो हुने अधिकारी बताउँछन् ।


यता मन्थली नगरपालिकाका प्रमुुख रमेशकुमार वस्नेतले विद्यालय संञ्चालन गर्न मन्थली नगरशिक्षा शाखाले अनुुमती दिएको बताएका छन् । उनले विद्यार्थी संख्या १५ देखी २० जनासम्म मात्रै राखेर नियमित आलोपालो प्रणालीमा कक्षा संञ्चालन गर्न अनुुमती प्रदान गरिएको र मन्थली नगरपालिकाले नियमित विद्यालयको अनुुमगन समेत गर्दै आएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...