प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई दुई पालिकाको जिम्वेबारी

Written by meropradesh creator

८ फाल्गुन २०७८, आईतवार

रामेछाप । गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुबेदी र लेखा अधिकृत राजन प्रसाद गुरागाईलाई दुई पालिका हेर्ने गरी थप जिम्मेवारी दिएको छ ।

छिमेकी उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेपछि तत्काल सो कार्यालयको समेत कामकाज गर्ने गरी जिम्वेबारी प्रदान गरिएको हो । यसअघि उमाकुण्ड गाउँपालिकाको रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृत पदमा सोही पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र पैकारालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कामकाज गर्ने गरी जिम्वेवारी सङ्घीय मामिला मन्त्रालयले दिएको थियो । तर उनी सोही कार्यालयमा कार्यरत महिला स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गरेकोको समाचार बाहिर आएसँगै उनलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतबाट पदमुक्त गरिएको हो ।

रिक्त रहेको उक्त प्रमुख प्रशासकिय अधिकृत पदमा नयाँ प्रमुख नआएसम्मको लागि गोकुलगंगाका प्रमुख प्रशासकिय अधिकृत सुबेदीलाई दुई पालिका हेर्ने गरी सङ्यीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्वेबारी दिएसँगै अधिकृत सुबेदीले सो पालिकाको समेत कामकाज शुरु गरेका छन् । यसअघि सुबेदी उमाकुण्ड गाउँपालिकामा नै रहेर प्रमुख प्रशासकिय अधिकृतकाे भुमीकामा काम गरेर गाेकुलग‌गा गाउँपालिकामा सरुवा भएका थिए ।


त्यसैगरी उमाकुण्ड गाउँपालिकामा केही महिना अघि सो पालिकाका लेखापाल गणेश प्रसाद घिमिरे रामेछाप नगरपालिकामा सरुवा भएर गएका थिए । पालिकाको रिक्त रहेको लेखा अधिकृत पदमा गोकुलगंगा गाउँपालिकामा कार्यरत राजन प्रसाद गुरागाईलाई उमाकुण्ड गाउँपालिकाको लेखा हेर्ने गरी कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापले थप जिम्वेवारी प्रदान गरेसँगै गुरागाईले पनि दुई पालिकाको लेखा हेर्ने जिम्वेवारी पाएका हुन् ।


बिगत लामो समयदेखी प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेकोमा पटक–पटक संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी पठाउन माग गर्दा समेत कर्मचारी नआएपछि बाध्य भएर पालिकाले छिमेकी पालिकाका अधिकृतलाई कार्यालयको काम गर्न गुहार्नु परेको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवारले जानकारी दिए । उनले भने– मन्त्रालयले चाडै दुवै अधिकृत पठाउँछौ भनेको छ । नयाँ अधिकृत नआएसम्म कार्यालयको काम तत्काल उहाँहरुले गर्नुहुन्छ सुनुवारले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...