प्रमुख दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एकै ठाउँ 

रामेछाप । नेपालका प्रमुख राजनीतिक दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एक ठाउँमा देखिएका छन् । ठुला सबै राजनितिकदलहरु सैद्धान्तिक

रूपमा जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्ने सङ्कल्पमा  रहेका छन् । प्रमुख प्रतिपक्षी काँग्रेसले ०४७ यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठनको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गराएको छ । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ०४७ यताका सबै ‘काण्ड’को छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समितिको माग गरेको छ ।

विगतमा विभिन्न दल र व्यक्तिले सांसदबाहिर उठान गर्दै आएको यो मुद्दा संसद् प्रवेश गरेपछि राजनीतिक तरङ्ग पैदा भएको छ । काँग्रेस उपसभापति धनराज गुरुङ प्रस्तावक तथा सहमहामन्त्री द्वय बद्री पाण्डे र जीवन परियार समर्थक रहेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । सैद्धान्तिक रूपमा सबै प्रमुख दल एक ठाउँ देखिए पनि यसलाई कार्यान्वयनमा लैजान संसद्मा प्रतिबद्धता र निष्पक्ष संयन्त्र गठनमा उनीहरूको भूमिकामाथि सबैको चासो रहनेछ । भ्रष्टाचार विरोधी अभियान चलाएकाहरूले यस्तो सङ्कल्प कार्यान्वयनमा आउनेमा आशङ्का गरेका छन् ।

जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम जाँचबुझ आयोग गठन गरी सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति जाँचबुझ गर्नुपर्ने काँग्रेसको प्रस्ताव छ । यसबाहेक ०४७ देखि विभिन्न पदमा बहाल रहेका र अवकाशप्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी रायसहितको प्रतिवेदन पेस गर्न २४ फागुन ०५८ मा न्यायिक जाँचबुझ आयोग गठन गरिएको र जाँचबुझ गरी प्रतिवेदन पेस गरेको भन्दै काँग्रेसले सार्वजनिक गरेर कार्यान्वयनमा लैजान पनि माग गरेको छ ।

‘सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने’ भ्रष्टाचार निवारणसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी भ्रष्टाचार र अनियमिततालाई निवारण गर्दै सुशासनप्रति जनताको विश्वासलाई कायमै राख्नका लागि सार्वजनिक पदाधिकारीको कामकारबाही तथा निर्णय प्रक्रियालाई पारदर्शी, अनुमानयोग्य र उत्तरदायी बनाउनुको साथै उनीहरूको सम्पत्तिउपर निगरानी तथा जाँचबुझ हुनु आवश्यक भएको प्रस्तावमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...