परम्परागत रैथाने बालीलोप हुँदै

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

रामेछाप । जिल्लामा परम्परागत रैथाने बालीहरु लोप हुन लागेको छ । नयाँ किसिमका उन्नत जातका बालीहरु भित्रन थालेपछि बर्षौदेखी लगाउँदै आएको रैथाने बालीहरु रामेछापबाट लोप हुन लागेको हो ।
यसरी लोप हुनलागेको बालीहरुमा लेकाली भू–भागमा हुने चिनो, कागुने र उवा तथा बेसी भू–भागमा हुने मस्याङ्ग र जुनेलो बाली लोप हुन लागेको हो । परम्परागत रुपमा खेती गरिदै आएको यी बालीहरु उत्पादनमा कमी हुनथालेपछि पछिल्लो समय किसानहरुले लगाउन छाडेका हुन् । जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नु, भनेको समयमा बीउँ नपाउनु, उत्पादीत वस्तुले वजार नपाउनु र बाली लगाउने समय भन्दा पछि लगाउँदा उत्पादनमा कमी भएकै कारण किसानहरुले बाली लगाउन छाडेका मन्थली नगरपालिका–१ काकिसान डिलवहादुर सार्कीले जानकारी दिए ।
उनले भने– बेसी भू–भागमा परम्परागत रुपमा लगाउँदै आएको मस्याङ्ग र जुनेलो अहिले भेटन् नै मुस्किल पर्छ । हिउँदको समयमा बारीमा लटरमम्म फूल खेल्ने र कोसा लाग्ने मस्याङ्ग अहिले सिला खोज्दा समेत भेटिदैन् । किसानले बाली लगाउने समयमा वर्षात नहुनु, समयमा वर्षात भइहाले पनि हिउँदको समयमा खडेरी पर्नु जस्ता समस्याले बालीहरु लोप हुन लागेका हुन् । खाजा र खानाको रुपमा मस्याङ्ग तरकारी र पिसेर दालको रुपमाप्रयोग गरिन्थ्यो भने जुनेलोको दाना भुटेर खाजाको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । यी बालीहरु लोपहुन थालेपछि अहिले खाजाको रुपमा चिउरा र दालको रुपमा बजारमा पाइने बिभिन्न प्रजातीका वाह्य जिल्लावाट आयातित सामाग्रीहरु खरि गरेर खानुपर्ने बाध्यता रहेको छ ।
लोप हुनलागेको रैथाने बाली जोगाउँन कृषि ज्ञान केन्द्र रामेछापले बिभिन्न कार्यक्रमहरु संचालन गर्न लागेको छ । किसानहरुलाई रैथाने बाली लगाउँदा हुने फाइदा, बाली लगाउने तरिका र किसानले लगाएको बालीको बजारको ग्यारेन्टी लगाएतका बिषयमा किसानहरुलाई जानकारी गराउन थालेको हो । लोप हुन लागेको रैथाने वालीको बीउँअहिले कृषि ज्ञान केन्द्रको एउटा सिसाको दराजमामात्रै सिमित रहेको छ ।
कार्यालयमा आउने किसानहरुलाई रैथाने वालीको फाइदाका बिषयमा बताउने र रैथाने बाली जोगाइराख्न अपनाउनु पर्ने विधिको बिषयमा सवै किसानलाई जानकारी गराउने गरिएको कृषि ज्ञान केन्द्र रामेछापका कृषि प्रसार अधिकृत बिवेकान्त महतले जानकारी दिए । उनले भने– रामेछापवाट लोप हुनलागेको रैथाने वाली जोगाउँनका लागि कार्यालयले किसानहरुसँग भेटघाट, छलफल लगाएतका कामहरु गर्दै आएको छ ।
रैथाने बाली जोगाउने उद्धेश्यले प्रदेश सरकारले आवश्यक वजेटको व्यवस्थापन गरेको छ । सोही बजेटको परिधि भित्र रहेर विभिन्न चेतना मुलक कार्यक्रमहरु संचालन गरिने कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...