प्रजिअ निरौलालाई नेविसंघको चेतावनी ः २४ घण्टा भित्र निषेधाज्ञा फिर्ता नगरे आन्दोलन

रामेछाप । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले २०६२÷०६३ को जन आन्दोलन लगायत विभिन्न सङ्कटकालको समयमा समेत निषेधाज्ञाका नगरिएको क्षेत्रमा एक्कासि निषेधाज्ञा जारी गरेपछि नेपाल विद्यार्थी संघ रामेछापले प्रजिअ निरौलालाई २४ घण्टा भित्र निषेधाज्ञा जारी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । यदि २४ घण्टा भित्र निषेधाज्ञा फिर्ता गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय नगरे नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रने चेतावनी दिएको छ । जिल्ला प्रशासनको यो कदमले मन्थली हुँदै लुक्ला जान आउने वैदेशिक पर्यटकलाई समेत असर गर्ने र मन्थली बजारको व्यवसाय समेत धरा सय हुन सक्ने  नेविसंघले बताएको छ ।

सोमबार नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्का सहित नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा लिखित ज्ञापन पत्र सही प्रशासन कार्यालयमा पुगेको नेविसंघ टोलीले प्रशासन कार्यालयले शान्ति पूर्ण रहेको मन्थली बजार क्षेत्रमा निषेधाज्ञा गर्नु पनि कुनै कारण नै नरहेको बताएका छन् ।

नेविसंघका अध्यक्ष विनोद बुढाथोकी द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शान्तिपूर्ण स्थान र अवस्थामा  पनि प्रजिअले निषेधाज्ञा लागू गरेर  आफ्नो अधिकारको दुरुपयोग गरेको र यसबाट रामेछापमा ‘कमजोर’ प्रशासन छ भन्ने र यस खालको निर्णयले सिङ्गो गृह प्रशासनकै ब्यईजति भएको कुरालाई पनि सम्बोधन गरेको छ । यसरी विना कारण प्रशासनले निषेधाज्ञा लगाएर संविधानले दिएको नेपाली नागरिकहरूको खुल्ला रूपमा हिँडडुल गर्न र भेला हुन पाउने अधिकारको समेत पूर्ण रूपमा हनन भएको भन्दै उक्त निर्णयलाई तत्काल फिर्ता लिन पनि उक्त विज्ञप्त मार्फत भनिएको  छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला सुरक्षा समितको बैठक राखी माघ १४ ( आइतबार) देखि २ महिना सम्मका लागू हुने गरी मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा ५ जना भन्दा बडीमा भेला, धर्ना, घेराउ, अनसन र विरोध प्रदर्शन गर्न तर्पाइने भनी लिखित आदेश  जारी गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...