प्रजिअ निरौलाको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महासंघले शुक्रवार विज्ञप्ति जारी गरेको हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे द्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

“जिल्ला प्रशासन कार्यालय रामेछापमा मिति २०८० साल माघ ११ गते रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई हाल काठमाण्डौं बस्ने बिनु यादव जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा ५ दिन देखी आफ्नो माग पुरा गर्न अनसन बसेको विषयमा छलफल गरी निकास निकाल्न प्रयत्न भइरहेको वेला प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विषय वस्तुलाई विषयान्तर गरी बहकिएको घटना प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

  बैठकमा प्रजिअ निरौलाले  बिनु यादवको विषयमा जिल्लाका सञ्चार माध्यमहरूले अनर्गल समाचार सम्प्रेषण गरेको र आफूले रामेछापमा कार्यभार सम्हाल्नासाथ समाचार लेख्न सिकाउँदा समेत सही समाचार सम्प्रेषण नगरेको कुराले आफूलाई दुखित बनाएको भन्ने जस्ता अभिव्यक्ति प्रति  नेपाल पत्रकार महासंघ दुःख व्यक्त गर्दछ ।  प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिले पत्रकारहरू समेतलाई बैठकमा बोलाएर विषयान्तर गरी बहकिएर बोलेको कुराले आम सञ्चारकर्मी साथीहरूको आत्मसम्मानमा चोट पुग्नुका साथै स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको  महासंघको ठहर छ ।

     प्रमुख जिल्ला अधिकारीको यस प्रकारको गैर जिम्मेवार अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ रामेछाप शाखा घोर भर्त्सना गर्दै  यस प्रकारको विवादास्पद अभिव्यक्ति नदोहो¥याउन  सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ भनेको छ” । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...