प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

Written by meropradesh creator

७ फाल्गुन २०७८, शनिबार

रामेछाप । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा जेल जिवन विताइरहेका ८ जना कैदीवन्दीले आममाफी पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीवन्दीलाई दिएको माफी मिनाहामा रामेछापका ८ जना कैदीवन्दी परेका हुन् । आममाफी पाएसँगै उनीहरु आआफ्नो घरतर्फ लागेका छन । विभिन्न मुद्धा लागेर जेल जीवन विताइरहेका उनीहरुको अदालतले तोकेको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ५० प्रतिशत कैद भुक्तान हुन बाँकी रहेका उनीहरुलाई बाँकी कैदको आम माफी दिइएको हो ।

जिल्ला कारागार कार्यालय रामेछापमा रहेर ५० प्रतिशत कैद भुक्तान गरिसकेका १४ जना कैदी वन्दीको माफी मिनाहाको लागि सिफारिस गरिएकोमा ८ जनाको मात्रै माफी मिनाहा भएको पत्र गृह मन्त्रालय मार्फत आएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर राकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार माफी मिनाहा पाउने कैदी वन्दीहरुमा नकबजनी चोरी १ जना, सवारी ज्यान मुद्धाका ३ जना, कर्तव्य ज्यान मुद्धाका २ जना, वहुविवाह १ जना र ज्यान मार्ने उद्योगका १ जना गरि ८ जना कैदी बन्दी रहेका छन् । माफी मिनाहा पाउने कैदीवन्दीहरु गुल्मी, सोलुखुम्वु, सिन्धुली, धनुषा,उदयपुर र रामेछापका रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...