रामेछाप । कोरोनाको तेस्रो लहर शुरु भएयता जिल्लामा कोरोना संक्रमितको सख्ंयामा बृद्धि भएसँगै जिल्ला प्रहरी कार्यालय रामेछाप र माताहतका इकाला प्रहरी कार्यालयले मास्क वितरण अभियान संचालन गरेको छ ।
बढी भिडभाड भएको स्थानमा भिडभाड कम गर्न, सार्वजनिक यातायातका साधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु राख्न नदिन र मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा मास्क लगाएर हिड्न प्रहरीले नागरिकहरुलाई अनुरोध गरेको हो । यसवाहेक मास्क नलगाई पैदल हिड्ने यात्रीहरुलाई प्रहरीले निःशुल्क रुपमा मास्क वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले सोमवार सदरमुकाम मन्थली वजारमा तथा इलाका प्रहरी कार्यालय धोवीले धोवी वजारमा सार्वजनिक यातायातका साधनमा हिड्ने यात्रु र पैदल हिड्ने यात्रुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...