प्रहरीको जन्मकुण्डली नखोज्नु– डिएसपी पाठक

Written by meropradesh creator

८ माघ २०७७, बिहीबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको एक वर्षे बसाई सकेर सरुवा भएर जान लागेका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जिल्लामा जागिर खान आउने प्रहरी प्रमुखको जन्मकुण्डली नखोज्न जिल्लाका राजनितिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
सो कुरा उनले बिहिबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको पत्रकारहरुको सगँको भेटघाट कार्यक्रममा बताएका हुन् । जिल्लामा सरुवा भएर आउने बित्तिकै सबै राजनितिक दलका नेतालाई कुन पार्टीको मान्छे हो भन्दै जन्मकुण्डली खोज्न थाल्ने प्रबृत्ति बढेकाले यसतर्फ नलाग्न अनुरोध गरेका छन् ।
जिल्लाको जिम्वेवारी लिएर आएपछि प्रहरी प्रमुख पार्टीगत रुपमा लागेर काम गर्ने हैन् । नागरिकको सुरक्षाको प्रत्याभूती दिन आउने जो सुकै प्रहरीले त्यहीँ अनुसार काम गर्ने भएकाले कुनै पनि राजनितिक दलका नेताहरुले प्रहरी कुन पार्टी वा गुटको हो भनेर खोज्नु भन्दा बरु उसले कस्तो काम गर्यो, नागरिक मैत्री काम गर्न सको वा सकेन भनेर त्यस बिषयमा टिप्पणी गर्न र गलत भएको ठाउँमा सचेत गराउँनु राम्रो हुने प्रमुख पाठकले जानकारी दिए ।
आफ्नो एकवर्षे रामेछाप बसाईको क्रममा जिल्लाका संचार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य जिल्लामा बस्दा पनि लागु गर्ने बताए । प्रहरी प्रमुख पाठक शुक्रबारबाट विधिबत रुपमा जिल्लाबाट विदाई भएर अन्तराष्ट्रिय विमानास्थल काठमाडौ सरुवा भएर जान लागेका हुन् ।
२०७६ साल पुस २३ गते रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी लिएदेखी आफ्नो कार्यकालमा भएका कामको प्रस्तुति र समिक्षा सहित स्थानिय संचारमाध्यमका प्रतिनिधिहरुसंँग विदाई साक्षत्कार गर्नै उदेश्यले आयोजित पत्रकार भेटघाटमा प्रमुख पाठकले आफुले जिल्ला प्रवेश गरेसंगै कोभिड महामारीको सामना गर्नु परेको भएता पनि समग्रमा आफुले आफनो कार्यकाललाई नागरिक मैत्रीपूर्ण काम गरेको दाबा गरे ।
सो क्रममा पाठकले आफनो कार्यकालमा जिल्लाको शान्तिसुरक्षा, अमन चयन, महिला हिंसा, मानबअधिकार, अपराध न्युनिकरण र प्रहरीसँग जोडिएका अन्य क्षेत्रलाई पनि कानूनको पावन्दीमा रहेर निष्पक्ष निर्विबाद बनाउने प्रयाश गरेको बताए ।
पत्रकार सम्मेलनमा सहभागी सबैजसो संचारमाध्यमका प्रतिनिधिहरुले जिल्लामा एक वर्षको विचमा प्रहरीबाट भए गरेका कामहरु मध्ये महिला प्रहरी सेलको भूमिका अलि कमजोर भएकाले यसलाई बढावा दिन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापमा शुक्रवार नै नयाँ प्रहरी प्रमुखको आगमन हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...