प्रहरी समायोजनको काम चाडै हुन्छ  ः मन्त्री श्रेष्ठ

Written by meropradesh creator

२१ कार्तिक २०८०, मंगलवार

रामेछाप २० कात्तिक  । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले नेपाल प्रहरी चाडै नै समायोजन भएर प्रदेश मातहतमा आउने बताउनु भएको छ ।
सोमबार रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको इलाका प्रहरी कार्यालय बेथानको नब निर्मित  भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । उहाँले सरकारले  प्रदेश प्रहरी ऐन चाडै नै कार्यान्वयनमा ल्याएर समायोजनको काम गर्न लागेको बताउनु भयो । मन्त्री श्रेष्ठले  ढिलोचाँडो प्रहरी समायोजनको बिकल्प नभएको बताउँदै यसका लागि मन्त्रालयले काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
सिमित श्रोत र साधनका बिचमा पनि नेपालको प्रहरीले प्रंससायोग्य काम गरेको बताउँदै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका बिकासका साथ साथै अन्य क्षेत्रमा पनि प्रहरीलाई सक्षम बनाउन प्रदेश सरकारले विभिन्न काम गरिरहेको बताउनु भयो । प्रहरी र नागरीक दुवैलाई एक अर्काको सहयोग आवश्यक पर्ने बताउँदै मन्त्री श्रेष्ठले अपराध अनुसन्धान, विपत्त व्यबस्थापनसंग संगै जनताको समस्या समाधानका लागि टोलटोलमा पुग्न प्रहरीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद युबराज चौंलागाईं, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छो तामाङ्ग, रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणा लगायतका बक्ताहरुले नब निर्मित भवनबाट नागरिकहरुमा पुग्ने सेवाहरुका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमा जग्गादाता तथा निर्माण कार्यमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई मन्त्री श्रेष्ठले सम्मान गर्र्नु भएको थियो । ४ करोड ६१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त २ तले भवनमा कार्यालय, हिरासत, व्यारेक, कार्यालय प्रमुख निवास तथा शौचालय र भान्साघर समेत रहेका छन् ।
यसैगरी आज नै मन्त्री श्रेष्ठले खाँडादेवी गाउँपालिकाको चोप्राङ्ग इलाका प्रहरी भवनको उद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बिपत्त र अपराध नियन्त्रणमा प्रहरीले ठुलो योगदान गरेको चर्चा गर्नु भयो । कार्यक्रमा बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो । उक्त स्थानमा पनि ४ करोड ६१ लाख रुपैयाको लागतमा २ तले भवन बनेको हो । यस अगाडि अस्थाइ छाप्रोमा बस्दै आएका प्रहरीहरु अव सुविधा सम्पन्न भवन बसेर सेवा दिन सक्ने भएको रामेछापका प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताउनु भयो । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले जग्गादाता नारायण कार्कीको परिवार र निर्माण व्यबसायी नबराज ढुंगेल तथा उज्जल सुवेलीलाई सम्मान गर्नु भएको  थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...