रामेछाप – विश्वव्यापीरुपमा कोरोना भाइरस फैलिएको भन्दै रामेछाप जेसिजले जिल्ला स्थित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बिच फन्टलाईन बसेर काम गरिरहेका नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारहरुका लागि शनिबार स्वास्थ्य सुरक्षा सामग्रीका रुपमा ३८ सय थान मास्क र ४० लिटर सेनिटाइजर उपलब्ध बितरण गरेको हो ।
रामेछाप जेसिजले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानालाई २ हजार थान मास्क र २० लिटर सेनिटनइजर उपलब्ध गराएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेललाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएको छ भने नेपाल पत्रकार महासंघ रामेछापलाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर महासंघको कार्यालयमा उपलब्ध गराएको छ । यसैगरी ट्राफिक प्रहरीलाई २ सय थान मास्क उपलब्ध गराएको जेसिज रामेछापका महासचिव सन्तोष खत्रिले जानकारी दिएका छन् ।
जेसिज रामेछापले प्रदान गरेको सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज ढुङ्गानाले यसरी सामाजिक संघ संस्थाबाट प्राप्त हुने सहयोगले काम गर्न थप उर्जा मिल्ने बताउदै सहयोगका लागि धन्यवाद व्यक्त गरे । त्यसैगरि सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख केशवराज प्याकुरेलले सहयोग प्रति आभार व्यक्त गर्दै कोरोनासँग बच्ने स्वास्थ सुरक्षा सतर्कताको विकल्प नभएको भन्दै सबेैलाइ सतर्कता अपनाउन आग्रह गरे ।
जिल्लामा कोरोना महामारीमा आफ्नो स्वास्थ्यलाइ जोखिममा राखेर फन्टलाइनमा बसेर काम गर्ने सुरक्षा कर्मि र संचारकर्मीलाइ स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै काम गर्न सहयोग पर्याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जेसिज रामेछापका अध्यक्ष जीवन कार्कीले बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २७२ पुगेको छ । जस्मा १० जना पत्रकार कोरोना संक्रमित भएका छन् भने १ जना प्रहरी जवान कोरोना संक्रमित भएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...